• Today :
    Monday,August 21, 2017
  • Studio Time :
    • :
    • :

News & Events

रोल्पाका बिद्यालयहरुमा पाठ्यपुस्तक नपुगेको भन्दै बिद्यार्थीहरुले विरोध ¥याली

१४ जेष्ठ, रोल्पाका बिद्यालयहरुमा पाठ्यपुस्तक नपुगेको भन्दै बिद्यार्थीहरुले विरोध ¥याली निकालेका छन् । शैक्षिक शत्र सुरु भएको लामो समय बितिसक्दा पनि प्रायः शिक्षण संस्थामा पाठ्यपुस्तक नपुग्दा बिद्यार्थीहरुको पढाई र भबिष्य नै प्रभाबित भएको भन्दै अखिल क्रान्तिकारीको अगुवाइमा बिद्यार्थीहरुले बिरोध गरेको हुन् ।  विरोध सभामार्फत जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयलाई दबाब दिइएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बीरबहादुर हावाले बताउनु भयो ।  जिल्लाभरिका कक्षा ६ ,७ , ८  र ९ पाठ्यपुस्तक बढी अभाव देखिएको छ । एक लट पुस्तक भालुबांगमा बन्दका कारण रोकिएको र अर्को लट पनि काठमाण्डौँमा लोड भइसकेको जिल्ला शिक्षा अधिकारी चिरन्जिवी  पौडेलले बताउनुभयो ।   जिल्लामा पाठ्यपुस्तक अभावपछि बिरोध कार्यक्रमबारे आफूले क्षेत्रीय कार्यालयमा पनि जानकारी गराइसकेको जिशिअ पौडेलको भनाई छ ।  ९ कक्षाको नयाँ पाठ्यक्रम लागू भएकाले  पनि छपाई र सप्लाईमा ढिला भएको बताएको छ । रोल्पा जिल्लाका ४४१० बढी सामुदायिक बिद्यालयहरुका लागि  ८३ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने गर्दछ ।  समयमै तत्काल पाठ्यपुस्तक ब्यवस्था गर्नका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा १० बजेपछि संगठनले ध्यानाकर्षण पत्र बुझाउने अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आलोक पुन मगरले बताउनुभयो ।

 

On Air

Up Next

रेडियो शुरुवात

Contact Details

रेडियो रोल्पा ९३.८ मेगाहर्ज

रोल्पा नगरपालिका-२, लिबाङ, पीपलचौतारा, रोल्पा
इमेल: rolpafm@gmail.com, rolpafmnews@gmail.com
फाेन : +९७७-८६-४४०१०१ (स्टूडियो), ४४०१०२ (समाचार), ४४०१४६ (कार्यालय)

Staff Profile