• Today :
    Friday,October 20, 2017
  • Studio Time :
    • :
    • :

News & Events

गण र गणपतिलाई स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

१४ जेष्ठ,रोल्पा जिल्लामा दुइ वर्षपहिले आउनु भएका देवीदत्त गणका गणपति विनोद चन्द आफ्नो गणसहित सरुवा भई जानुभएकोले उहाँलाई विदाई  र यस जिल्लामा आफ्नो गणसहित आउनुभएका गणपति प्रकाशबहादुर चन्दलाई स्वागत गरिएको छ । कर्मचारी मिलन केन्द्रले एक समारोहका वीच मिलन केन्द्र्रका सदस्य तथा कार्यालय प्रमुखको उपस्थितिमा विदाई तथा स्वागत कार्य सम्पन्न गरिएको थियो । कार्यक्रमको अध्यक्षता  जिल्ला शिक्षा अधिकारी चिरन्जीवि पौडेलले  गर्नुभएको थियो । कार्यक्रममा मिलन केन्द्रका  सरक्षक  निमित्त प्रमुख जिल्ला अधिकारी अनुनयन बास्तोला ,सल्लाहकार स्थानीय विकास अधिकारी शशील वैद्य ,विदाई भई जाने देवीदत्त गणका गाणपति विनोद चन्द, आफ्mनो खडग दल गणसहित आउनुभएका गणपति प्रकाशबहादुर चन्द र राष्ट्रिय अनुसन्धानका प्रमुख नरेन्द्रराज गिरी लगायत कर्मचारी मिलन केन्द्र पदाधिकारी र जिल्लास्थित कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा निमबहादुर सिहले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने स्थानीय विकास अधिकारी शुशील वैद्यले मन्तब्य राख्नुभएको थियो । सरुवा भई जाने गणपति विनोद चन्दले  आफ्mनो रोल्पाको दुई वर्षको समय अति नै उत्साहजनक रहेको  र सम्पूर्ण ब्यक्तित्वहरुबाट सहयोग प्राप्त भएको बताउँदै उहाँले अाफू सरुवा भएपनि रोल्पालीहरुलाई  सहयोग रहिरहने वताउनु भएका छ ।  कार्यक्रमको सन्चालन निर्वाचन अधिकृत गिरीराज ज्ञवालीले   गर्नुभएको थियो ।

 
 
 

On Air

नेपाल चौतारी

Up Next

रोल्पा डायरी

Contact Details

रेडियो रोल्पा ९३.८ मेगाहर्ज

रोल्पा नगरपालिका-२, लिबाङ, पीपलचौतारा, रोल्पा
इमेल: rolpafm@gmail.com, rolpafmnews@gmail.com
फाेन : +९७७-८६-४४०१०१ (स्टूडियो), ४४०१०२ (समाचार), ४४०१४६ (कार्यालय)

Staff Profile