• Today :
    Wednesday,December 13, 2017
  • Studio Time :
    • :
    • :

News & Events

रोल्पामा गैर दलित समुदायका युवाहरु कृषि औजार बनाउने आरन पेशामा आकर्षित

१४¸जेष्ठ । कृषि औजार बनाउने आरन पेशामा पछिल्लो समयमा अन्य जातजाती र समुदायका युवाहरु पनि आकर्षित हुन थालेका छन् । रोल्पा जिल्लामा परम्परागत रुपमा दलित समुदायहरुले मात्रै यसअघि आरनको काम गर्दै आएका थिए । यो पेशा उनीहरुको मात्रै हो भन्ने समाजको बुझाई थियो । समयअनुकुल दलित समुदायको पछिल्लो पुस्ता पनि आरन पेशा छोडेर अरु व्यवसाय र पेशामा आकर्षित हुँदै गएका थिए । त्यसैले आरन पेशान नै लोप हुने अवस्थामा पुग्न थालेको थियो । तर रोल्पामा पछिल्लो अन्य समुदायका यूवाहरुले समेत आरन पेशालाई अंगाल्न थालेका छन् । गैरदलित युवाहरु आरन पेशालाई आधुनिकिकरण गरि व्यवसायिक रुपमै सञ्चालन गर्न थालेपछि अहिले आरने पेशा कुनै एउटा जाति र समुदाएको मात्रै हो भन्ने गलत भन्ने आमधारणा रोल्पाली समाजमा बन्दै गएको छ । यससंगै आरनबाट औजार बनाउने पेशा बेरोजगार युवाहरुका लागि गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । परम्परागत रुपमा दलित समुदायले मात्रै आरन पेशा अंगाल्ने र वर्षभरी गरेको कामको ज्याला अन्नपात दिने चलन थियो । तर गैरदलितहरुको यो पेशामा आवद्धता संगै अहिले यो पेशालाई आधुनिकीकरण गरी उद्योगको रुपमा बिस्तार गरेपछि नगद कारोवार हुन थालेको छ 

On Air

Up Next

रेडियो शुरुवात

Contact Details

रेडियो रोल्पा ९३.८ मेगाहर्ज

रोल्पा नगरपालिका-२, लिबाङ, पीपलचौतारा, रोल्पा
इमेल: rolpafm@gmail.com, rolpafmnews@gmail.com
फाेन : +९७७-८६-४४०१०१ (स्टूडियो), ४४०१०२ (समाचार), ४४०१४६ (कार्यालय)

Staff Profile