• Today :
    Friday,October 20, 2017
  • Studio Time :
    • :
    • :

News & Events

स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउने सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेष्ठ २९, रोल्पा । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउने सन्दर्भमा अन्तरक्रिया कार्यक्रम आइतबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ । फोकस एन.एच.आर.सी र डि.एफ.एच.आर.आईको आयोजना, कोक्यापको सहकार्य र इन्सेक रोल्पाको संयोजनमा उक्त अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय मानबअधिकार आयोगका पूर्ब आयुक्तद्वय गौरीशंकरलाल दास र सुशील प्याकुरेलले निवार्र्चन शान्त र भयरहित ढंगले सम्पन्न  गर्नुपर्नेमा जोड दिनुभएको छ । पूर्व आयुक्त प्याकुरेलले सरकारको पछिल्लो चरणको गतिविधिले निष्पक्ष निर्वाचन हुनेमा नागरिक आशावादी नरहेको बताउनुभयो । कार्यक्रममा रोल्पा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निवार्चन अधिकृत कमलप्रसाद ज्ञवालीले रोल्पा जिल्लामा चुनावी प्रचारप्रसार शान्तिपूर्ण रुपमा भैरहेको बताउँदै स्थानीय तह निर्वाचनमा विभिन्न सरोकारवाला निकायहरुसँग एक आपसमा सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । बारम्बार चुनाव सर्नु दुःखद कुरा भएको उहाँले बताउनुभयो । यसैगरी डि.एफ.एच.आर.आईका यज्ञ थापाले संविधान सभाको दोस्रो निर्वाचन भन्दा यहि बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचन छिटफुट घटना बाहेक तुलनात्मक रुपमा राम्रो भएको बताउनुभएको छ । यस्तै कोक्यापका अभिलेष कर्णले बैशाख ३१ मा भएको स्थानीय तहको चुनावमा ३ नं प्रदेशमा ३३, ४ नं. प्रदेशमा १९ र ६ नं. प्रदेशमा १७ वटा घटना भएको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय, पत्रकार, सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । डि.एफ.एच.आर.आइ का यज्ञ थापाको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन इन्सेक जिल्ला प्रतिनिधि माधव वलीले गर्नुभएको थियो । 
 

On Air

नेपाल चौतारी

Up Next

रोल्पा डायरी

Contact Details

रेडियो रोल्पा ९३.८ मेगाहर्ज

रोल्पा नगरपालिका-२, लिबाङ, पीपलचौतारा, रोल्पा
इमेल: rolpafm@gmail.com, rolpafmnews@gmail.com
फाेन : +९७७-८६-४४०१०१ (स्टूडियो), ४४०१०२ (समाचार), ४४०१४६ (कार्यालय)

Staff Profile