• Today :
    Monday,August 21, 2017
  • Studio Time :
    • :
    • :

News & Events

बागेश्वरी आधारभुत विद्यालय, सल्लिबोट, लिबाङ, रोल्पालाई ८औं विद्यालयका रुपमा शान्ति क्षेत्र घोषणा

असार १, रोल्पा । विद्यार्थीहरुको शिक्षा हासिल गर्ने थलो विद्यालयलाई राजनैतिक हस्तक्षेपमुक्त बनाउने, बालबालिकाहरुलाई हिंसात्मक गतिविधिहरुमा संलग्न नगराउने तथा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने एक कार्यक्रममा उपस्थित सहभागीहरुले प्रतिबद्धना जनाएका छन । उनीहरुले बालबालिकाहरुमाथि हुने सबैखाले दुव्र्यवहार, विभेद अन्त्यका लागि अविभावक, शिक्षक, राजनैतिक दलको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बागेश्वरी आधारभुत विद्यालय, सल्लिबोट  लिबाङ, रोल्पालाई बुधबार जिल्लाको ८औं विद्यालयका रुपमा शान्ति क्षेत्र घोषणा कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिबद्धना जनाएका हुन । जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वय, जिल्ला बालकल्याण समितिको सहयोग र लिबाङ श्रोतकेन्द्र, बागेवरी आधारभूत विद्यालय, सल्लीबोटको आयोजनामा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको हो । विद्यालय क्षेत्रभित्रका अभिभावक, राजनैतिक दल, शिक्षक र विद्यार्थीहरुलाई प्रमुख अतिथि तुल्सीप्रसाद ज्ञवालीले प्रतिबद्धता गराउनुभएको थियो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तराम पुनको अध्यक्षता  जिल्ला शिक्षा कार्यालय, रोल्पाका प्रतिनिधि तुल्सीप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता  जिल्ला बालकल्याण समितिकी परियोजना अधिकृत इन्द्रा शाहीको विशिष्ट आतित्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि लेखनाथ आचार्य, नेकपा एमालेका प्रतिनिधि, अम्मर घर्ती, नेकपा माओवादी केन्द्रका प्रतिनिधि पूर्ण केसी करेन्ट, लिबाङ श्रोतकेन्द्रका श्रोतव्यक्ति लोककुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघकाउपाध्यक्ष डिएस डाँगी, विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका बारेमा विद्यालयका प्रधानाध्यापक उदय महराले  प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको बीचबीचमा विद्यार्थीहरु सांस्कृतिक कार्यक्रम समेत प्रस्तुग गरेका थिए । शिक्षिका भद्रा घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चानल शिक्षक भुपबहादुर केसीले गर्नुभएको थियो । 
 

On Air

Up Next

रेडियो शुरुवात

Contact Details

रेडियो रोल्पा ९३.८ मेगाहर्ज

रोल्पा नगरपालिका-२, लिबाङ, पीपलचौतारा, रोल्पा
इमेल: rolpafm@gmail.com, rolpafmnews@gmail.com
फाेन : +९७७-८६-४४०१०१ (स्टूडियो), ४४०१०२ (समाचार), ४४०१४६ (कार्यालय)

Staff Profile