• Today :
    Wednesday,December 13, 2017
  • Studio Time :
    • :
    • :

News & Events

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

असार १, रोल्पा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय, रोल्पाले सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  असार १४ गते हुने निर्वाचनलाई लक्षित गरी विभिन्नि सरोकारवाला निकायसंग पछिल्लो चराणको सुरक्षा अवस्था लगायत बिषयमा कार्यक्रमका सहभागीहरुलेरोल्पा जिल्लामा दलहरुले विगतको निर्वाचन भन्दा यसपालिको निर्वाचनमा आचारसंहिता पालना गरेपनि पूर्ण रुपमा नगरेको बताएका  छन । दलहरुले प्रचारप्रसारमा टिसर्ट, भित्ते लेखन,  झोला  र टोपी चुनावीको लागि प्रयोग गरेको बताएका छन् । जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत कमलप्रसाद ज्ञावालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,  स्थानीय विकास अधिकारी, राजनैतिक दलका पहुँच तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र निर्वाचनसकंग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा  दलका प्रतिनिधि तथा सहभागीहरुले आचारसंहिता पालना  गर्ने प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका छन् । कार्यक्रमको सहिजकरण जिल्ला निर्वाचन कार्यालय, रोल्पाका निर्वाचन अधिकारी लीलु गिरीले गर्नुभएको थियो ।  
 

On Air

Up Next

रेडियो शुरुवात

Contact Details

रेडियो रोल्पा ९३.८ मेगाहर्ज

रोल्पा नगरपालिका-२, लिबाङ, पीपलचौतारा, रोल्पा
इमेल: rolpafm@gmail.com, rolpafmnews@gmail.com
फाेन : +९७७-८६-४४०१०१ (स्टूडियो), ४४०१०२ (समाचार), ४४०१४६ (कार्यालय)

Staff Profile