• Today :
    Tuesday,June 19, 2018
  • Studio Time :
    • :
    • :

News & Events

छुवाछुत तथा जातीय भेदभाव सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

असार १, रोल्पा । दलित समुदायमा हुने विभेद र छुवाछुत अन्त्य गरांैं, सभ्य र सम्बृद्ध समाजमा अघि सरां’ै भन्ने नाराका साथ साविकको इरिबाङ गाविस वडा न ६ मा छुवाछुत तथा जातीय भेदभाव सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, रोल्पाको आर्थिक सहयोग र दलित महिला सचेतन केन्द्र ड्वाक, नेपालको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो । ड्वाक नेपालका प्रमुख  शुशीलप्रकाश सुनारको अध्यक्षता नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खेम बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका उमेश चन्द, माओवादी केन्द्रका  भागिरति घर्ती, इलाका स्वास्थ्य चौकी प्रमुख सुदिप देवकोटा, जनता मावि बागमाराका निमित्त प्रधानाध्यापक दिपेन्द्र डाँगी, स्थानीयवासी, बुद्धिजिवि, दलित, अगुवा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन ड्वाक नेपालका सामाजिक परिचालक  प्रेम विकले गर्नुभएको थियो । 
 

On Air

नेपाली भजनहरु तथा विज्ञापन

Up Next

प्रभातवाणी समाचार

Contact Details

रेडियो रोल्पा ९३.८ मेगाहर्ज

रोल्पा नगरपालिका-२, लिबाङ, पीपलचौतारा, रोल्पा
इमेल: rolpafm@gmail.com, rolpafmnews@gmail.com
फाेन : +९७७-८६-४४०१०१ (स्टूडियो), ४४०१०२ (समाचार), ४४०१४६ (कार्यालय)

Staff Profile