हाम्रो बारेमा

सबै

रेडियो रोल्पा मानवअधिकार सचेतन केन्द्र (हुरेक), रोल्पाद्वारा स्थापना गरिएको हो । सूचना, मनोरन्जन, मानवअधिकार र सामाजिक न्यायका लागि २०६५ साल साउन ९ गतेदेखि प्रसारण आरम्भ गरेको रेडियो रोल्पा ९३.८ मेगाहर्ज रोल्पा जिल्लाको पहिलो सामुदायिक रेडियो हो । रेडियोको प्रसारण स्टेशन रोल्पा नगरपालिका वडा नं‌ २, लिबाङ, पीपलचाैतारामा रहेको रेडियोले २०६७ साउन ९ गतेदेखि अग्लो स्थानमा रहेको रोल्पा नगरपालिका वडा नं. ३ खुमेलको  सातदोबाटो गुफाडाँडाबाट रिले प्रसारण थालेको हाे । वि.सं. २०६७ फागुन २७ गतेदेखि www.radiorolpa.org नामक वेभसाइट र २०७२ मंसिर २१ गतेदेखि रेडियोले Radio Rolpa नामक आफ्नै मोबाइल एप्लिकेशन मार्फत संसारभर आफ्नो प्रसारण सेवा विस्तार गरेको छ । विहान ५ बजेदेिख राति ११:०० बजेससम्म दैनिक १८ घण्टा नियमित प्रसारण हुँदै रेडियो रोल्पा लगायत राप्ती, भेरी, कर्णाली, धौलागिरी अन्चल लगायत विभिन्न ३५ भन्दा बढी जिल्लाहरुमा सुन्न सकिन्छ । ५०० वाट क्षमता रहेको सामुदायिक रेडियो रोल्पा स्थापनामा सामुदायिक सहयोग स्वरुप विद्यालयका साना विद्यार्थीले खाजा खर्चबाट बचाएर ३ रुपैयाँदेखि रेडियो स्टेशनमा आएर सहयोग गरेका छन् । रेडियोका शुभचिन्तक, सहयाेगीदाता लगायतका महानुभावहरुकाे व्यक्तिगत रुपमा ३ रुपैयाँदेखि ३० हजार सम्म सहयोग रहेको छ । त्यस्तै संस्थागत रुपमा ३ लाख ६० हजारसम्म सहयोग रहेको छ भने राष्ट्रिय तथा स्थानीय संघसंस्था विभिन्न निकायले रेडियोलाई आवश्यक पर्ने सामग्रीहरु समेत उपलब्ध गराएको छ । रेडियो रोल्पाले सहयोगी सबै शुभेच्छुक, सहयोगदाता, स्रोता, विज्ञापनदाता, सहकर्मी निकायलाई रेडियो रोल्पालाई यस स्थानमा ल्याई पुर्याएकोमा धन्यवाद ज्ञापन गरेको छ । स्थानीय मगर भाषालाइ प्रवर्द्धन गर्नका लागि स्थनीय मगर भाषामा समेत समाचार, विज्ञापन तथा कार्यक्रम प्रसारण गर्दै आएको छ । अपाङ्ग, महिला, दलित, मानवअधिकार, स्वास्थ्य, उद्यम, बन, वातावरण, जलवायू परिवर्तन, कृषि लगायतका विभिन्न विषयमा जनचेतनामुलक कार्यक्रमबाट स्रोताहरुको सचेतना अभिवृद्धि गर्दै आएको छ । रेडियो रोल्पाले संविधान निर्माण र शान्ति प्रक्रियालाई सहयोग पुग्ने कार्यमा सहयाेग गरेको छ । यस रेडियोले जिल्ला समन्वय समिति, जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय लगायत स्थानीय निकाय र राष्ट्रिय निकाय, सङ्घ सस्थासंगको समन्वय र सहकार्यमा कार्यक्रम गर्दै आएको छ ।  जनताको अधिकार र सूचनाको हकप्रति समर्पित रहँदै अाएकाे रेडियो रोल्पा सबै महानुभाव तथा निकायहरुलाई सहयोगको लागि अनुरोध गर्दछ ।

Radio Rolpa is the first community radio of Rolpa district. It is  established in 9th Shrawan 2065 B.S  ( 24th July 2008 A.D.) operated by Human Rights Awareness Centre(HURAC), Rolpa. Since 9 Shrawan 2067 B.S.( 25th July, 2010A.D.)  has been started uplink relay broadcast from 2,200 mtr height in Satdobato Gufadada of Rolpa Municipality Ward No 3, Khumel . It has high coverage, can be heard including Rolpa district, Bheri, Karnali and Dhaulagri,s  more than 35 districts of Nepal . From 28 Falgun, 2067 B.S.( 13 August 2010 A.D.) radio broadcast service has extended worldwide from own website www.radiorolpa.org and , since 21 Mansir, 2072 B.S.( December 7, 2015) Android Mobile Appliction named by Radio Rolpa. Its transmission capacity is 500 watt. . Broadcast schedule from 5:00 Am to 11:00 PM is updated It is a real community Radio of Nepal. Community people helped to establish and are helping to operated this radio.Community people provide NRs 3 to 30,000 according to their rank and capability. Radio necessary materials are provided by national and local organizations and various agencies. Radio Rolpa expressed thanks all the generous partner, partner donor, the audience, advertisers, agency workers have brought this place . To promote the local language the local Magar language news and program has been broadcast. Radio Rolpa request support all agencies for poeple,s right to information.