रोल्पा नगरपालिकाप्रति समर्मित गीत ‘बनाउँछौं रोल्पा नगरलाई’ सार्वजनिक
लिबाङ । रोल्पा नगरपालिकाप्रति समर्मित राष्ट्रिय भावले ओत्प्रोत गीत ‘बनाउँछौं रोल्पा नगरलाई’ सार्वजनिक गरिएको छ । संविधान दिवसको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य दीपेन्द्र पुन ‘सिजल’ले सार्वजनिक गर्नुभएको हो ।
रोल्पा नगरपालिकाको सांस्कृतिक, प्राकृतिक चिनारी, सम्बृद्धि, विकास निर्माणमा आधारित गीतको रचना नगर प्रमुख पूर्ण के.सी.ले गर्नुभएको छ । गीतमा राजकुमार बगरले संगीत सिर्जना गर्नुभएको छ भने जनवादी गायक मोहित श्रेष्ठ र गायिका प्रगति महराले स्वर भर्नुभएको छ । संगीत संयोजन कमल सौरागले गर्नुभएको हो ।
रोल्पा नगरपालिका भित्रका विभिन्न भागमा रहेका कला, संस्कृति, शहीद स्मारक, रक गार्डेन, लिबाङ बजार टुँडिखेल, माडीखोला, रोल्पा नगरपालिकाकोको कार्यालय लगायत विभिन्न स्थानहरुमा छायाङ्कन गरिएका दृष्यहरुलाई समावेश गरिएको छ । भिडियोको छायाङ्कन कुलदीप न्यौपाने, जनक घर्ती मगर, दिल ब. डाँगी, भीम कुमाखीले गरेका छन् भने भिडियोको सम्पादन विष्ण्ु डिजिटल मिक्सिङ सेन्टरले गरेको छ ।
गीतको शब्द यस्तो छ ः
पौरखले सिर्जन्छौं हामी आफ्नो नगर,
पसिनाले सिंगार्छौ हामी आफ्नोे नगर ।
सबैजना जुटेर, रातदिन खटेर
हामी बनाउँछौं,
रोल्पा नगरलाई देशकै राम्रो नगर,
धर्तीकै राम्रो नगर, संसारकै राम्रो नगर ।
प्रकृतिको धनी हामी, जंगल, हिमाल, पानी
निकाल्ने छौं हामी आफै बत्ती, बाटो खानी ।
गौ।रवले उठाउँछौं हामी आफ्नोे नगर,
मेहनतले सजाउँछौं हामी आफ्नोे नगर ।
सबै जना जुटेर ................
इतिहास छन् कति कति वीरको बलिदानको,
गणतन्त्रको जननी हौं, प्रतीक स्वाभिमानको ।
एकताले बनाउँछौं हामी आफ्नो नगर,
शिखरमा पु¥याउँछौं हामी आफ्नोे नगर ।
सबै जना जुटेर ................
कृषि, शिक्षा, उद्योग, विकास गछौंं अग्रगामी,
संस्कृति र पर्यटनले चिनाउँछौं हामी ।
पौरखले सिर्जन्छौं हामी आफ्नो नगर,
पसिनाले सिंगार्छौ हामी आफ्नोे नगर ।
सबैजना जुटेर, रातदिन खटेर ..............





प्रतिकृया दिनुहोस