गृहजिल्ला रोल्पामा लोक स्टार शनिलाई बधाई तथा ¥यालीसहित नगर परिक्रमा (फोटो फिचर)

रोल्पा  पहिलो आइएमई नेपाल लोकस्टार शनि विश्वकर्मालाई गृह जिल्ला रोल्पामा ¥यालीद्वारा स्वागत तथा बधाई ज्ञापन गरिएको छ । शनिलाई आइतबार सदरमुकाम लिबाङ तथा सुलिचौर बजारमा ¥यालीद्वारा बजार परिक्रमा गराइएको हो । विजय ¥यालीले लिबाङ बजार परिक्रमा पश्चात टुँडिखेलमा कोण सभा सम्पन्न गरिएको छ ।

रोल्पा नगरपालिका८ जंकोट निवासी शनिलाई नगर परिक्रमा गराएर बधाई ज्ञापन गरिएको हो ।  ¥यालीमा विभिन्न क्षेत्रका व्यक्तित्वहरु तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको अगुवाईमा बजार परिक्रमा गराइएको हो । खादा, अबिर र फुलमालाले उहाँको हर्ष बधाई गरिएको थियो ।

नगर परिक्रमापछि केही सांगीितक प्रस्तुति गर्दै शनिले आफूलाई विजेता बनाउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । लोकस्टार बनाउन सहयोग गर्ने सबैप्रति आभारी छु’, शनिले भने, ‘रोल्पाली अनि सिंगो नेपालीको साथ, सहयोग र मायाले सफलता हात पार्न सफल भएँ । सबैलाई धन्यवाद ।’  कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख  पूर्ण केसीले शनि रोल्पा नगरवासीको हिसावले  लोक स्टार भएर नगर जिल्लाको पहिचान दिन सफल भएकोमा बधाई ज्ञापन गर्दै नगर तथा जिल्लावासी लगायत शुभचिन्तकहरुको मेहनत लगानी खेर नगएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो¸ 'रोल्पा नगरवासीको हिसावले नगरवासी तथा जिल्लावासीको अपेक्षा अनुसार गीत सगीतमा अघि बढ्नुपर्छ ।' उहाँले लोक स्टार बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

लिबाङमा रोल्पा नगरप्रमुख पूर्ण केसीको प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दिप थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन विनोद डाँगीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस