अब दाङको तुलसीपुर-काठमाडौ दैनिक २ हवाई उडान
तुलसीपुर / दाङको तुलसीपुर काठमाडौ हवाई उडान दैनिक दुइ पटक हुने भएको छ ।
यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक २ वटा हवाई उडान भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिनुभयो । हवाई यात्रुकाे चाप र मागलाई ध्यानमा राखी उडान थप गरिएको हाे ।
दाहालका अनुसार चैत १८ गते सोमबारबाट दिनमा दुइ पटक हवाइ सेवा सञ्चालन हुने भएको हो । गत असोज २७ गतेबाट हप्तामा २ दिन उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसवाट दैनिक हवाइसेवा सञ्चालन गर्दै आएको थियो । लामो समयदेखि वन्द अवस्थामा रहेको विमानसेवा सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले पहल कदमी लिनुभएको थियो ।
https://tulsipuronline.com/bannernews/114165 बाट ।








प्रतिकृया दिनुहोस