रोल्पामा चट्ट्याङ लागेर ५९ वर्षीय पुरुषको मृत्यु
रोल्पामा चट्ट्याङ लागेर ५९ वर्षीय पुरुषको मृत्यु
रोल्पा, साउन २९ गते ।
रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्ट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
प्रहरी चौकी किलाचौरका अनुसार बुधबार साँझ ८ बजेर ३० मिनेट गएको समयमा सोही ठाउँ बस्ने वर्ष ५९ का वीर बहादुर खत्री आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्ट्याङ लागेर गम्भीर घाइते भएका थिए।
घाइते खत्रीलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पाङ लगिएको थियो। उपचारकै क्रममा साँझ ९ बजे खत्रीको मृत्यु भएको स्वास्थ्य चौकीले जनाएको छ।
मृत्यु भएको खबर साँझ ११ बजे प्रहरी चौकी किलाचौरमा प्राप्त भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय मनसुन सक्रिय भएसँगै पहाडी जिल्लामा चट्ट्याङ, पहिरो लगायतका प्राकृतिक प्रकोपका घटना बढेका छन्।








प्रतिकृया दिनुहोस