नेकपा, रोल्पाको १ सय ३५ सदस्यीय जिल्ला कमिटीले लियो सपथ ग्रहण
जेष्ठ १८,, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), रोल्पाका १ सय ३५ पदाधिकारी तथा सदस्यहरुले लिबाङमा सपथ ग्रहण गरेका छन् ।
सपथ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरु कुलप्रसाद केसी ‘सोनाम’, जयपुरी घर्ती, प्रदेश नं. ५ का अध्यक्ष ओनसरी घर्ती, प्रदेश नं. ५ का सचिव जगप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु गोकुल घर्ती, कृष्णध्वज खड्का, दीपेन्द्र कुमार पुन, नवीन रोका, प्रदेश नं. ५ का कार्यालय सचिव वालाराम अधिकारी, केन्द्रीय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य बाबुलाल पुनमगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रदेश सदस्य नारायाण अधिकारी, प्रदेश कमिटी सदस्य विरबहादुर खत्री, भक्तबहादु घर्तीमगर, गोविन्द पुनमग, पूर्ण केसी, गुणेन्द्र घर्ती, शान्तकुमार वली लगायतको आतिथ्यता रहेको थियो ।
नेकपाका एक नगरपालिका, नौ वटा गाउँपालिकाका अध्यक्षहरुले आआफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुभएको थियो । रोल्पा नगरपालिकाका अध्यक्ष फविन्द्र आचार्य, सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, लुग्री गाउँपालिकाका अध्यक्ष खिमबहादुर केसी, थबाङ गाउँपालिका अध्यक्ष रामधन पुनमगर, सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका, परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर, माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगर, गंगादेव गाउँपालिकाको तर्फबाट प्रदेश कमिटी सदस्य वीरबहादुर खत्री, रुन्टीगढी गाउँपालिकाका अध्यक्ष आसाराम गुरुङ र त्रिवेणी गाउँपालिकाका अध्यक्ष निमप्रसाद रोकामगरले रिपोटिङ गर्नुभएको थियो ।
नेकपा, रोल्पाको प्रथम बैठक समेत बसेको छ । बैठकमा नेकपा, रोल्पाका सचिव हरिप्रसाद घर्तीले विभिन्न प्रस्तावहरु पेश गर्नुभएको थियो । बैठकले पूर्व नेकपा माओवादी केन्द्रबाट करिव ६ हजार र पूर्व नेकपा एमालेबाट २ हजार ७ सय पार्टी सदस्यको नविकरण गर्ने, सबै वडा टोलमा संगठन विस्तार गर्ने लगायत, विभिन्न जनवर्गीय संगठनहरुको एकीकरण गर्ने निर्णय गरेको छ । पार्टी सन्चालनका लागि संगठित क्रियाशील सदस्यता मासिक ५० संकलन गर्ने, मासिक लेवी निर्धारण गर्ने, जनप्रतिधिबाट समेत पार्टी सञ्चालनका लागि वडा अध्यक्षदेखि जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुखबाट १० प्रतिशत, जिल्ला समन्वय समिति सदस्य वडा सदस्यहरुबाट ५ प्रतिशत, शिक्षक कर्मचारी, राजनीतिक नियुक्ति प्राप्त गरेर विभिन्न क्षेत्रमा कार्यरत रहेका व्यक्तिहरुको १ प्रतिशत रकम संकलन गर्ने, जिल्ला पार्टी र स्थानीय पार्टी कमिटी गाउँपालिका सञ्चालन गर्नका लागि खर्च गर्ने गरी तयारी गर्ने, पार्टीको नाममा बैंक खाता खोल्ने लगायतको निर्णय गरेको छ ।
समृद्धि रोल्पा र खुसी रोल्पाली निर्माण गर्नका लागि
गुणस्तीय शिक्षा नीति निर्माण गर्न, सबै जनतालाई सहकारी वा समूहमा आवद्ध गर्न सुझाव पेश गर्ने, युवा लक्षित योजना निर्माण गर्ने, नेकपाले जितेका गाउँपालिकाहरुमा समान कर प्रणाली लागु गर्न, पार्टीको चुनावीले घोषणा पत्र अनुसार अगाडि बढ्नका लागि सुझाव पेश गर्ने निर्णय भएकोे जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीले बताउनुभयो ।








प्रतिकृया दिनुहोस