बालिका बलत्कार आरोपमा एकजना पक्राउ

रोल्पा,भदौ १६ गते । रोल्पा लुङ्ग्री गाउँपालिकाका ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लुङ्ग्री गाउँपालिकाकी ५ वर्षीया बालिकालार्इ १४ वर्षिय बालकले भाद्र १० गते घरमा रहेको समयमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रोल्पामा २०८२ भाद्र १३ गते उजुरी दिएको थियो । पीडितको स्वास्थय परिक्षण २०८२ भाद्र १३ गते रोल्पा अस्पताल रेउघामा गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी रोहितकुमा शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस