प्रत्यक्षतर्फ एमाले रोल्पाबाट सात जनाको नाम सिफारिस

प्रत्यक्षतर्फ एमाले रोल्पाबाट सात जनाको नाम सिफारिस

रेडियो रोल्पा

पौष १९ रोल्पा  — नेकपा (एमाले) रोल्पा जिल्लाको आज बसेको सातौँ विस्तारित बैठकले २०८२ फागुन २१ गते हुने संघीय प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ।

बैठकको निर्णयअनुसार प्रत्यक्षतर्फ सात जनाको नाम सिफारिस गरेको हो। सिफारिस सूचीमा गोकुल घर्ती मगर पहिलो नम्बरमा छन् भने दोस्रो नम्बरमा नेब बहादुर वली रहेका छन्।

त्यसैगरी ओमराज घर्ती, घनश्याम आचार्य, मिना बुढा, अर्जुन कुमार वली र अस्मिता घर्ती पनि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

पार्टीले सिफारिस गरेका नामहरू केन्द्रमा पठाउने निर्णय गरेको छ। अन्तिम उम्मेदवार चयन पार्टी केन्द्रीय समितिको निर्णयबाट हुने नेकपा एमाले जिल्ला अध्यक्ष अमृत बाठाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस