रोल्पाको लुङ्ग्रीमा एमाले पार्टी कार्यालय उद्घाटन: प्रतिनिधिसभा निर्वाचनमा गोकुल घर्तीलाई विजयी गराउन अपिल

नेकपा एमाले रोल्पा

रोल्पा, फागुन ८ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी कार्यालय लुङ्ग्री गाउँपालिकामा उद्घाटन गरिएको छ। पार्टी अध्यक्ष वीर बहादुर खड्काले एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गर्नुभएको हो। कार्यक्रममा पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेताहरूले विभिन्न कालखण्डका असफल गठबन्धनका कारण पार्टी क्षयीकरणतर्फ उन्मुख भए पनि अब नयाँ उत्साह र उमङ्गका साथ विगतका कमीकमजोरीहरूको गम्भीर समीक्षा गर्दै जनविश्वास बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

उहाँहरूले आम लुङ्ग्रीवासी जनताको विश्वासिलो राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्यका साथ पार्टी संगठन सुदृढीकरणमा लाग्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार गोकुल घर्ती लाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन नेताहरूले मतदातासमक्ष अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस