रोकिएन एमाले प्रवेश गर्नेको लहर: निवर्तमान जनप्रतिनिधि देखि पञ्चायत प्रधानसम्म एमाले प्रवेश
रोकिएन एमाले प्रवेश गर्नेको लहर: निवर्तमान जनप्रतिनिधि देखि पञ्चायत प्रधानसम्म एमाले प्रवेश
रोल्पा, फागुन १९ - सुनिलस्मृति गाउँपालिका ८ अरेशमा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी विभिन्न व्यक्तित्वहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमको बिच नव प्रवेशीहरुलाई स्वागत गरिएको बताइएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनिलस्मृति गाउँपालिका इन्चार्ज जित बहादुर पुन, मेख बहादुर केसी लगायतले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीको झण्डा र सदस्यता कार्ड प्रदान गरिएको थियो ।
नेकपा एमालेमा प्रवेश गर्नेहरुमा २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका खैसरा घर्ति, तत्कालिन गाउँ पञ्चायत प्रधान प्रथम बहादुर रोका क्षेत्री रहेका छन् । उनीहरुले नेकपा एमालेमा प्रवेश गरेर पार्टीको विकासमा योगदान गर्ने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य जित बहादुर पुनले नवप्रवेशीहरुलाई स्वागत गर्दै भने, "नेकपा एमालेमा प्रवेश गर्नेहरुले पार्टीको विकासमा महत्वपूर्ण योगदान गर्ने छन् । उनीहरुको अनुभव र ज्ञानले पार्टीको विकासमा मद्दत गर्ने छन् ।"





प्रतिकृया दिनुहोस