मृगौला र आन्द्राको समस्याबाट पीडित शंकर घर्तीमगरलाई होटल व्यवसायीसंघ रोल्पाको सहयोग


रोल्पा,११ फागुन - होटल व्यवसायीसंघ रोल्पाले मृगौला र आन्द्राको समस्याले ग्रसित शंकर घर्तीमगरलाई २१ हजार १० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ। सुनछहरी गाउँपालिका-१ सेरम निवासी घर्तीमगर विगत चार महिनादेखि बिरामी छन्।

संघका पदाधिकारी र सदस्यहरूले संस्थागत र व्यक्तिगत रुपमा सहयोग रकम संकलन गरेका हुन्। हस्तान्तरण टोलीमा उपाध्यक्ष गोकर्ण डाँगी, कोषाध्यक्ष नरेन्द्र बुढामगर, पूर्वाध्यक्ष दिपिन थापा, सह-सचिव नरबहादुर राना र सह-कोषाध्यक्ष वीरबहादुर जिसी लगायत रहेका थिए।

होटल व्यवसायीसंघ रोल्पाले पछिल्लो समय दुखपीडामा परेकाहरूलाई सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि निरन्तर रुपमा सहयोग संकलनको कामलाई अगाडि बढाउने जनाएको छ।

प्रतिकृया दिनुहोस