रोल्पाली सेवा समाज मलेसियाद्वारा पेनाङमा क्षेत्रीय समिति गठन प्रक्रिया सुरु गर्ने
क्वालालम्पुर। रोल्पाली सेवा समाज मलेसियाले पेनाङ राज्यमा क्षेत्रीय समिति गठन प्रक्रिया सुरु गर्ने भएको छ। समाजका अध्यक्ष श्री तिपेन्द्र बुढामगरको संयोजकत्वमा पहिलो भेला तथा शुभकामना आदान–प्रदान कार्यक्रम यही अक्टोबर २० तारीख सोमबार (दिपावलीको दिन) बिहान १०:०० बजे आयोजना गर्न लागिएको हो।उक्त कार्यक्रम CAFE by 7-Eleven – Mega Mall Prai (भेटघाट रेस्टुरेन्ट, पेनाङ) मा हुने जनाइएको छ। कार्यक्रममा पेनाङ र आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण रोल्पाली दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक आग्रह गरिएको छ।
शाखा अध्यक्ष श्री तिपेन्द्र बुढामगरले समाजको संगठनात्मक सुदृढीकरण र आपसी एकताको बलियो सन्देशका लागि यो भेला एक महत्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
रोल्पाली सेवा समाज मलेसियाले विगतका विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरूमार्फत प्रवासी नेपालीबीच एकता, सहयोग र संस्कृति संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ। समाजले आयोजना गर्दै आएको कार्यक्रमहरूले प्रवासी नेपालीहरूलाई सामाजिक उत्तरदायित्वप्रति सचेत गराउने र आपसी सम्बन्ध मजबुत पार्ने माध्यमको रूपमा योगदान दिँदै आएका छन्। यस पटकको भेलाबाट विशेष गरी पेनाङ क्षेत्रमा रहेका रोल्पाली समुदायबीच सम्बन्ध, एकता र सहकार्य अझ प्रगाढ हुने अपेक्षा गरिएको छ। साथै, कार्यक्रमले प्रवासी रोल्पालीहरूबीचको सांस्कृतिक र भावनात्मक सम्बन्धलाई पुनर्जीवित गर्दै आगामी दिनमा प्रभावकारी क्षेत्रीय संरचना निर्माणको आधार तयार पार्ने विश्वास लिइएको छ।








प्रतिकृया दिनुहोस