सागर बाबु पुनको नेतृत्वमा प्रतिष्ठान रोल्पाको नयाँ कार्यसमिति चयन

रोल्पा, कात्तिक —
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रोल्पाको १३औं साधारण सभा तथा छैठौं जिल्ला अधिवेशन कार्तिक २२ गते भव्यताका साथ सम्पन्न भएको छ। देशैभर एकैदिन मनाइएको कलाकारहरूको कुम्भमेलाको अवसर पारेर भएको उक्त अधिवेशन प्रतिष्ठानका वर्तमान अध्यक्ष आदरणीय दिपिन थापा मगरको सभापतित्वमा सम्पन्न भयो।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला प्रतिनिधि प्रेम शर्मा प्रमुख अतिथि रहनु भयो भने, आजीवन सदस्य तथा रोल्पा प्रतिष्ठानका संस्थापक प्रमुख सल्लाहकार अग्रज कलाकार किशोर आचार्य विशिष्ट अतिथि रहनुभयो।

कार्यक्रममा रोल्पामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख, पत्रकार, अग्रज तथा अनुज कलाकारहरू र शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वर्तमान सह–सचिव विष्णु माझीले गर्नुभएको थियो।

अधिवेशनले सागर बाबु पुनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। नयाँ समितिका पदाधिकारीहरू यसप्रकार छन्ः

प्रथम उपाध्यक्ष: तिलक घर्ती मगर

द्वितीय उपाध्यक्ष: रमेश परियार

महिला उपाध्यक्ष: हिरा क्षेत्री

सचिव: सागर थापा

कोषाध्यक्ष: लालकुमारी वलि

सह–सचिव: विशाल परियार

सह–कोषाध्यक्ष: तिर्सना घर्ती

सदस्यहरू: दिलमाया डागी, अस्मिता शर्मा, मनसरा भण्डारी, जम्लाल रोका मगर, सिबराज बिक

त्यस्तै, किशोर कुमार आचार्य, ॐ सेन, रामबहादुर बुढाथोकी र जसमाया पुनलाई सल्लाहकारमा मनोनीत गरिएको छ।

नवनिर्वाचित अध्यक्ष सागर बाबु पुनले सम्पूर्ण उपस्थित अतिथि, कलाकार, पत्रकार र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्नुभयो।

प्रतिकृया दिनुहोस