छात्रालाई विद्यालयमा नियमित गराउन सेनेटरी प्याड वितरण
दाङ, २७ फागुन/ विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि आशाका किरणहरु नामक संस्थाले सोमवार सेनेटरी प्याड वितरण गरेको छ ।
देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत ३८ जना छात्रालाई संस्थाको पहलमा प्याड वितरण गरिएको छ । भने ३४ वटा प्याड विद्यालयलाई प्रदान गरिएको छ ।
विद्यार्थीलाई सुरक्षित गर्न र पढाइमा बाधा नहोस् भन्नाका लागि प्याड वितरण गरिएको बताइएको छ । महिनावारी हँुदा छात्रा विद्यालयमा आउन नमान्ने र त्यसकै कारण पढाइमा समस्या भइरहेको महसुस गरेर संस्थाले व्यक्तिगत रुपमा आर्थिक जोहो गरी प्याड उपलब्ध गराएको संस्थाका अध्यक्ष सुर्यकिरण केसीले जानकारी दिएका छन् ।
विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै विद्यालयका प्रअ किरण पोख्रेलले महिनावारी भएका बेला विद्यालय आउने छात्राले प्याड लगाएर आउँदा कुनै समस्या नहुने र अरुले पनि थाहा नपाउने बताए ।
संस्थाका अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षता एवम् विद्यालयका प्रअ किरण पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार कमल गिरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।








प्रतिकृया दिनुहोस