विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको घोषणा
काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको सरकारी उच्च स्रोतले बताएको छ ।
उनका अनुसार बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकबारे व्रिफिङ गरेका थिए ।
पछिल्लो समय प्रधानमन्त्री ओली विप्लव समूहप्रति सार्वजनिक रुपमै आक्रामक बनेका थिए । उनले लुटेर समूहको संज्ञा दिनुका साथै बम पड्काउने, चन्दा असुल्नेहरुसँग वार्ता नगर्ने बताएका थिए । मंगलबार मात्र पनि बैदेशिक रोजगार व्यवसायीहरुसँग भएको भेटमा विप्लव समूहसँग वार्ता गर्नुको औचित्य नभएको बताएका थिए ।
अनलाइनखबरबाट








प्रतिकृया दिनुहोस