रिपोर्टस क्लव रोल्पाद्वारा होलेरीमा शुभकामना आदानप्रदान
बैसाख २, रोल्पा । रिपोर्टस क्लब रोल्पाले होलेरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नयाँँ बर्ष २०७४ सालको अवसर पारी क्लबले नयाँ बर्षको सुरुकै दिन शुक्रबार रोल्पाको होलेरी क्षेत्रका राजनैतिक दल तथा सरोकारवालाहरुबीच सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले ५ नं प्रदेश कमिटी सदश्य कुमार दशौदीले ७३ सालमा देशले निकास पाउन नसेकोमा नयाँ वर्षसले देशलाई निकास दिनेमा विश्वास लिनुभयो । सरकारले ससदमा दर्ता गराएको सिमाङ्नसहितको सविधान ससोधन प्रस्तावलाई स्मरण गर्दै नेता दशौदीले गएको वर्षमा जस्तो नेपाली जनताले गलतलाई पनि सही भन्ने अवस्था श्रृजना नहोस, जनताले दुख कस्ट झेल्न नपरोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै नेपाली कागे्रस रोल्पाका सल्लाहकार टेकबहादुर बस्नेतले नयाँ वर्षले देशको जटिलता अन्त्य गर्दै जनतालाई सुख शान्ति प्रदान गरोस भन्दै शुभकामना व्यत्त गर्नुभयो । अर्का नेता नेकपा माओवादी केन्द्र जिल्ला कमिटी रोल्पाका सदश्य तथा रुन्टी गढि गाउँपालिकाका संयोजक गोविन्द पुन नजरले नयाँ वर्षले बुद्धि नभएका नेताहरुलाई सद्बुद्धि र बुिद्ध भएकालाई विवेकको सही प्रयोग गरी देशलाई चाँडोभन्दा चाडो देशले निकास देओस भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी महिला अतिथि एवम् अ.ने.म.संघ रोल्पाका अध्यक्ष इश्वरी घर्तीमगरले नयाँ वर्षले आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिताका बारे राम्रोसंग बुझ्न नसकेका सबै दलका नेताहरुलाई सदबुद्धि प्रदान गरोस भन्दै शुभकामना दिनुभयो । कार्यक्रममा उपस्थित अन्य अतिथि उद्योग वाणिज्य संघ, रोल्पाका सदस्य गोपाल डाँगी, नेपाली कांग्रेस रोल्पाका सदस्य देबेन्द्र बोहरा, नेकपा एमाले रोल्पाका उपाध्यक्ष बालाराम बुढा, नेपाली काग्रेस रुन्टिगढि गाउँपालिका संयोजक जनक पुन , नेपाली काग्रेस रोल्पाका आमन्त्रित सदस्य दिलमन बुढाथोकी लगायतका बक्ताले नयाँ वर्षले सबैमा सुख, शान्ति तथा अमन चयनको भावनाको विकास गरोस भन्दै शुभकामना व्यक्त गरे । रिपोर्टस क्लब रोल्पाका अध्यक्ष सन्तोष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार बुद्धिमान वलीले गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस