रोल्पाको भित्री गाममा जनताको सहभागितामा गोरेटो बाटो निर्माण
रोल्पा । जिल्लाको सुनछहरी गाउँपालिका–२, भित्री गाम, रोल्पामा त्यहाँका जनताको सहभागितामा मार्बाङ पुल देखि जनता आधारभूत विद्यालय जोड्ने गोरेटो बाटोको निर्माण गरिएको छ ।
साविकका वडा न ४ र ६ का स्थानीयको बराबरी सहभाििगतामा जनता आधारभूत विद्यालयसम्म बाटो पुगेको हो । वडापालिकाको ५ लाख ५० हजार र जनश्रमदान १ लाख १९ हजार ७ सय ४१ गरी ६ लाख ६९ हजार ७ सय ४१ रुपैया लागतमा गोरेटो बाटो निर्माण गरिएको हो । बाटो निर्माण भएपछि विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न र किसानहरुलाई घासँ दाउरा गर्न, गोठालो जान सहज भएको स्थानीयहरुले बताएका छन् ।
बाजिन्द्र घर्ती मगरको अध्यक्षतामा रहेको उपभोक्ता समितिले गोरेटो बाटो निर्माण गरेको हो । जिल्लाका सबै गाउँपालिका र वडामा बाटो पनि त्यस वडामा अझैसम्म पनि बाटोको ट्रयाकसम्म पनि नपुगेको स्थानीयले बताएका छन । दक्ष जनशक्तिको अभाव भौगोलिक विकटताका कारण उक्त दुर्गम वडा मोटरबाटो पुग्न सकेको छैन ।
उक्त वडाका जनताले निर्माण गरेको गोरेटो बाटोबाट सरकार, गाउँपालिका लगायत सरोकारवाला निकायलाई विकासका लागि ध्यानाकर्षण गर्दै कुल लागत जनता आधारभुत विद्यालय बासाडाँडा भित्री गाममा रहेको निजी स्रोतमा अध्यापन गराइरहनुभएका शिक्षक शिक्षिकाहरुलाई तलबको ब्यवस्था गर्ने र शिक्षामा लगानी गर्ने मुख्य लक्ष्य रहेको त्यहाँबाट सरोज बुढा मगर ‘दिल’ले जानकारी दिनुभएको छ ।








प्रतिकृया दिनुहोस