लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु 

काठमाडौ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । अभियानको नेपाली नारा ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने तय गरिएको छ । यस्तै विश्वमा भने “अरेन्ज द वल्र्डः जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स्ट रेप” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईंदै छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी यो अभियान मनाउने गरिन्छ । अभियान अन्तरगतको १६ दिनसम्म महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मन्त्रालय अन्तरगतका विभिन्न निकाय, महिलाका क्षेत्रमा काम गर्ने संघसंस्था तथा अभियन्ताहरुले हिंसा विरुद्धका विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।
 विश्वमा सन् १९९१ देखि सुरु भएको यो अभियान नेपालमा २०५४ सालदेखि सुरु भएको हो ।   
लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसा विरुद्ध हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ । प्रत्येक वर्ष यो अभियान विविध कार्यक्रमसहित मनाए पनि महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन् ।  
 

प्रतिकृया दिनुहोस