३ सय ९० घण्टा अवधिको विभिन्न विषयहरुको सीपमूलक तालिम शुरु
रोल्पा । रोल्पा पोलिटेक्निकल इन्ष्टिच्युट, मेबाङ तथा स्थानीय तहहरुको समन्वयमा सन्चालित ३ सय ९० घण्टा अवधिको विभिन्न विषयहरुको सीपमूलक तालिम शुरु भएको छ । मंगलबार भएको उद्घाटन कार्यक्रममा विभिन्न लेबल एक तहका तालिमहरु सन्चालन हुनेछन् ।
प्रदेश नंं ५ को सामाजिक विकास मन्त्रालयको स्वरोजगार अवधारणा अन्तर्गत सन्चालित तालिम प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद्, प्रदेश नंं ५को आयोजनामा तालिम शुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्ष्टिच्यूटका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले व्यानर खोलेर तथा मैन बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी लाल बहादुर कवँर, गंगालाल सुनार, प्रशिक्षकका तर्फबाट सिलाईकटाई प्रशिक्षक मन बहादुर नेपाली, प्रशिक्षार्थीहरुको तर्फबाट सुनिता परियारले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सीप सिकेर स्वारोजगार बन्न चाहनेहरुका लागि निःशुल्क तालिम अवसर भएको बताउँदै विदेशमा वा नेपालमै बसेर रोजगार, स्वरोजगार गर्न सकिने धारणा राखेका छन् । उनीहरुले यो तालिम पश्चात लेबल एकको प्रमाण पत्र विश्वमा मान्यता प्राप्त हुने भएकाले जुनसुकै ठाउँमा पनि सीपको उपयोग गरेर स्वरोजगार बन्न सकिने बताएका छन् ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तथा शिक्षालयका अध्यक्ष गन्जबहादुर एमसीले पहिलेजस्तो सीप नपाएर दुःख पाएको भन्ने परिस्थिति नभएकाले सीप सिकेर स्वरोजगार बन्न आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारले एक सय दिनको रोजगारीको ग्यारेन्टी गरेकाले बेरोजगारी समस्या केही हल हुने आशा व्यक्त गर्नुभयो ।
सरकारले दिएको तालिमको सुविधालाई अवसरका रुपमा उपयोग गर्नुपर्ने बताउँदै उहाँले तालिम लिई आफ्नो र अभिभावकहरुको सपनालाई पुरा गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । राज्यको सम्बृद्ध नेपालको सपना पुरा गर्न हातमा सीप, काँधमा जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी तथा रोल्पा पोलिटेक्निकल इन्ष्टिच्युटका अध्यक्ष गन्जबहादुर एमसीको प्रमुख आतिथ्यता, पोलिटेक्निकल इन्ष्टिच्युटकाका कार्यालय प्रमुख रविराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत, तालिमको उद्देश्यमाथि प्रशिक्षक सूर्यकिरण डाँगीले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सन्चालन लेखापाल गन्ज बहादुर कवंरले गर्नुभएको थियो ।
३ महिना अवधिका विभिन्न २४ वटा तालिममा ७ सय २० जनाको माग भएकोमा केही कम तालिममा कम मात्र प्रशिक्षार्थीहरुको आवेदन परेकाले कम आवेदन परेका तालिमहरुमा पुनः आवेदन माग गरिएको शिक्षालयले जनाएको छ ।








प्रतिकृया दिनुहोस