यस वर्षको एसइईमा रोल्पाबाट ३ हजार ४ सय ७७ परीक्षार्थी सहभागी हुने
रोल्पा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा रोल्पाबाट ३ हजार ४ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन् । कूल ३ हजार ५ सय १८ जनाले परीक्षा आवेदन भरेकोमा ४१ ज्नाले एसइई परीक्षा दिनबाट बन्चित हुने भएका छन् ।
नियमित तर्फ ३ हजार २ सय ८०, प्राविधिक तर्फ ९८ जना, ग्रेड बृद्धितर्फ १ सय ४० जना गरी कूल ३ हजार ५ सय १८ जनाले परीक्षा आवेदन भरेकोमा ४१ विद्यार्थी परीक्षामा साामेल हुन अयोग्य भएका हुन् ।
यही चैत्र ६ गतेदेखि १७ गते सम्म सन्चालन हुने परीक्षाका लागि जिल्लाभर नयाँ ४ विद्यालयसहित १८ विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गरिएको छ । गे्रड बृद्धि तर्फका परीषार्थीहरुका लागि बाल कल्याण नमूना मावि, लिबाङलाई निर्धारण गरिएको छ । यस वर्ष नयाँ परीक्षा केन्द्रको रुपमा श्री सिद्ध मावि, पुरानागाउँ, बालउदय मावि माडीचौर, नेपाल राष्ट्रिय मावि, नाफे र नेपाल राष्ट्रिय मावि, राङ्खुङको परीक्षा केन्द्र कृष्ण मावि घर्तीगाउँ र राष्ट्रिय मावि, केवरीको परीक्षा केन्द्र जनता मावि बागमारा कायम गरिएको छ भने अन्य विद्यालयहरुको हकमा गत वर्षकै परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई, रोल्पाका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिनुभयो ।
चैत्र ६ गते विहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने परीक्षाको प्रवेश पत्रका लागि ४ र ५ गते सम्बन्धित केन्द्रबाट वितरण गरिने शिक्षा विकास तथा समन्वय इकाई, रोल्पाले जानकारी दिएको छ ।
परीक्षा केन्द्रमा परीक्षा शुरु हुनुभन्दा पहिले उपस्थित भईसक्नुपर्ने र प्रवेश गर्दा विद्यार्थीहरु विद्यालय पोशाकमा प्रवेश पत्रसहित उपस्थित हुनुपर्ने भनिएको छ । त्यस्तै परीक्षा केन्द्रमा प्रतिबन्धित सामग्रीहरु चिट, गाइड, किताब, नोटबुक आदि कागजात नलैजान, परीक्षामा खटिने सबै कर्मचारीहरु आफ्नो संस्थाको पोशाकमा जान भनिएको छ । एक सूचना जारी गरी परीक्षालाई निश्पष्क्ष मर्यादित, निष्पक्ष र शान्त वातावरण सन्चालन गर्न सबै स्थानीय तहहरुलाई आफ्नो क्षेत्रभित्रका परीक्षा केन्द्रहरुको अनुगमन गरी सहयोग गरिदिन शिक्षा विकास तथा समन्वय इकाई, रोल्पाले अनुरोध गरेको छ ।








प्रतिकृया दिनुहोस