खरिद अनुगमन कार्यालयको सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रिया 

चैत्र, २७, रोल्पा । हरेक सार्वजनिक निकायले सार्वजिनक खरिद प्रक्रियालाई अपनाएर बस्तु, सेवाको खरिद गर्न सके सुपथ मूल्यमा गुणस्तरीय बस्तु, सेवा प्राप्त गर्न सकिने बताएका छन् । खरिद अनुगमन कार्यालय, ताहचल, काठमाडौको आयोजनामा रोल्पाको लिबाङमा बुधबार आयोजित कार्यक्रमका सहभागीहरुले पारदर्शी रुपमा सेवा प्रवाह गर्न सकिने बताएका हुन् । 
जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले सरकारी कार्यालयहरु सार्वजनिक खरिदमा अनुभव भएपनि स्थानीय तहहरु अनुभव हासिल गर्ने क्रममै रहेकाले यसको व्यवहारिक कार्यन्वयनमा जोड दिनुभयो । ‘स्थानीय तहहरु सावजनिक खरिदमा विद्यार्थी हन्, यसबारे नजानी नहुने कुरा हो, पुराना कर्मचारीहरु यसमा अनुभवी भएकाले स्थानीय तहमा पुराना कर्मचार िखटाएर भए पनि शिक्षकको भूमिका निर्वाह गर्नुपर्छ । उहाँले भन्नुभयो, यसले स्थानीय तहका कामहरुप्रतिको जनताको धारणामा सकारात्मक परिवर्तन आउनसक्ने बताउनुभयो । 

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीले जननिर्वाचित प्रतिनिधिले जनताका अपेक्षा छिटो छरितो रुपमा पुरा गर्नुपर्ने जनचाहनाका कारण सार्वजनिक खरिद प्रक्रिया अपनाउन व्यवहारिक समस्या परेको गुनासो गर्नुभयो । उहाँले छिटो प्रक्रियाबाट जनताका विकास निर्माणका अपेक्षा पुरा गर्नुपर्ने अवस्था भएकाले सार्वजनिक खरिद सम्बन्धीका ऐन, नीति नियममा समयानुकूल व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो । 
सार्वजनिक खरिदको परिचय, भूमिका, कार्यहरु, ऐन, निर्देशिका र व्यवहारिक कठिनाईका बारेमा निर्देशक केशव प्रसाईले कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँर्ले स्थानीय तह आफैमा  सरकार भएकाले छिटो छरितो खरिद प्रक्रियाका लागि सार्वजनिक खरिद ऐन २०६३ मा आधारित रहेर कार्यविधि बनाएर जान सकिने सुझाव दिँदै विधि, प्रक्रिया पु¥याएर गरिने खरिद प्रक्रियाले सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम हुने धारणा राख्नुभयो । 
रोल्पाका स्थानीय तह तथा सरकारी कार्यालयले सार्वजनिक खरिदका क्रममा भोगेका समस्याहरु प्रस्तुत गर्दै कोष तथा लेखा नियन्त्रक कार्यालय, रोल्पाका प्रमुख कोष नियन्त्रक मातृका भट्टराईले जिन्सी व्यवस्थापनका लागि विक्री मूल्याङ्नका समस्या, उपभोक्ता समितिमार्फत गरिनुपर्ने निर्माण कार्यहरु ठेकेदारमार्फत गराउने प्रवृत्ति रहेको बताउनुभयो । यसले लक्षित वर्गका लागि भनिएका कार्यक्रमहरु केही सीमितसम्मका लागि मात्र पहुँच पुग्ने गरेको धारणा राख्नुभयो । उहाँले सबै स्थानीय तहहरुलाई समय समयमा कार्य प्रगति र हिसाव कोलेनिकामा पेश गर्न आग्रह गर्नुभयो । 
स्थानीय तह, सरकारी कार्यालयहरुले खरिदका क्रममा भोगेका समस्याहरु, खरिद सम्बनधी अन्य जिज्ञासाका बारेमा कार्यक्रमका सभाध्यक्ष निर्देशक केशव प्रसाईले प्रष्ट पार्नुभएको थियो । सार्वजिनक खरिदका क्रममा समस्याहरु भएमा सार्वजनिक खरिद कार्यालयमा विज्ञको सेवा लिन आग्रह गर्नुभयो । सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचल, काठमाडौको आयोजनामा भएको   सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभिन्न सरकारी कार्यालय, गैर सरकारी क्षेत्रका प्रतिनिधि, पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।  
सहभागीहरुलाई स्वागत तथा कार्यक्रमका बारेमा जानकारी दिंदै सार्वजनिक खरिद अनुगमन कार्यालयका कानून उपसचिव राजन नेपालले सुशासनका विभिन्न आयाम मध्ये सार्वजनिक खरिद पनि एक भएकाले ऐन र निर्देशिकामा उल्लेख गरिएका सूचक अपनाएर बस्तु तथा सेवाको खरिद प्रणाली अपनाउनुपर्ने बताउनुभयो । 
जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाको प्रमुख आतिथ्यता, रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीको विशिष्ट आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा, थवाङ गाउँपालकाका अध्यक्ष वीर बहादुर घर्ती, प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी, सार्वजनिक खरिद अनुगमन कार्यालयका कानून उपसचिव राजन नेपाल, कोष तथा लेखा नियन्त्रक कार्यालय, रोलका प्रमुख कोष नियन्त्रक मातृका भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।  
खरिद अनुगमन कार्यालयका निर्देशक केशव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन शाखा अधिकृत तारा ज्ञवालीले गर्नुभएको थियो । 
 


 

प्रतिकृया दिनुहोस