रुन्टीगढी गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० लक्षित विभिन्न कार्यक्रम गर्ने 

गाउँपालिका अध्यक्षको अध्यक्षतामा नेपाल भ्रमण वर्ष मूल आयोजक समिति गठन 

होलेरी, रोल्पा । रुन्टीगढी गाउँपालिकाले यस क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने अभिप्रायका साथ नेपाल भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने भएको छ । 
सोमबार महायज्ञ सन्चालनका लागि गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रुन्टी, तपोभूमि गढी, भारत देखिने मुरुल्लेलेक, शिव पार्वती गुफा, लागाएत होलेरी क्षेत्रको समग्र पर्यटन विकास र प्रचारका लागि नेपाल भ्रमण वर्ष २०२० को अवसरमा विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु सम्पन्न गर्र्ने निष्कर्ष निकालिएको हो । 
यस वर्ष महायज्ञ संचालन गर्ने, राष्ट्रिय मिडिया शान्ति सम्मेलन, तरकारी तथा जडीवुटी महोत्सव लगाएतका ठुला कार्यक्रम सम्पन्न गर्ने । होलेरी एकीकृत विकास कार्यक्रम अन्तर्गत विभिन्न पूर्वाधार निर्माण गर्ने । रुन्टीको विकासका लागि सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने र विभिन्न माध्यमबाट प्रचार सामग्री निर्माण गर्ने, सरसफाइको अभियान सन्चालन गर्ने लगाएतका विषयमा छलफल भएको छ । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा रुन्टीगढी गाउँपालिका भ्रमण वर्ष २०२० मुल आयोजक समिति गठन भएको छ । यस अवधिमा विभिन्न कृयाकलापहरु सन्चालन हुने प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवि जिएमले जानकारी दिनुभयो । 
गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्ष्यतामा सम्पन उक्त कार्यक्रममा प्रदेश सभा सदस्य अमर बहादुर डाँगीले मन्तव्य राख्नु भएको थियो । गाउँ कार्यपालिका प्रवक्ता जगत बहादुर घर्तीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा समुदायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष छमाया पुन र प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवि जी.एम.को समेत सहभागीता रहेको थियो । कार्यक्रम सन्चालन पर्यटन फोकल पर्सन दिपक डाँगीले गर्नुभएको थियो । 
  
 

प्रतिकृया दिनुहोस