रोल्पा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशमै उत्कृष्ट
२९ चैत्र, काठमाडौ । रोल्पा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशमै महासंघको उत्कृष्ट शाखा भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभा तथा उद्योग दिवसका अवसरमा रोल्पा उद्योग वाणिज्य संघलाई ग समूहको उत्कृष्ट शाखाको रुपमा प्रमाण पत्र प्रदान गरिएको अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिनुभयो । उत्कृष्ट भएको रोल्पालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाण पत्र प्रदान गर्नुभयो ।
महासंघ अन्तर्गत देशैभर १ सय ८ शाखा ‘ग’ समूहमा छन् । जसमा ८० वटा शाखाले मनोनयन विवरण भरेका थिए । विवरण भरेका मध्य सात प्रदेशबाट ७ वटा शाखालाई उत्कृष्ट घोषित गरिएको थियो । महासंघ अन्तर्गतका शाखाहरुलाई भुगोल, आर्थिक कृयाकलाप, भौतिक पूर्वाधार लगायतका मापदण्डका आधारमा क, ख र ग वर्षमा वर्गीकृत गरेको छ ।








प्रतिकृया दिनुहोस