दोश्रो मेयर कपमा रोल्पा नगरपालिका प्रथम 

जेष्ठ, १६ रोल्पा ।  रोल्पा नगरपालिकाद्वारा आयोजित दोश्रो मेयर कपमा रोल्पा नगरपालिका प्रथम भएको छ । महिला भलिबल र पुरुष फुटबलमा दुई स्वर्ण, क्रिकेट र पुरुष भलिबलतर्फ दुई रजत पदक प्राप्त गरी प्रथम भएको नगरपालिकाले नगद ८० हजार सहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 
दोश्रो भएको सुनिलस्मृति गाउँपालिकाले पुरुष भलिबलतर्फ एक स्वर्ण र क्रिकेट तथा पुरुष फुटबलतर्फ दुई कास्य पदक हासिल गरी नगद रु. ६० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । परिवर्तन गाउँपालिका रोल्पाले क्रिकेटतर्फ एक स्वर्ण प्राप्त गरी तृतीय स्थान हासिल गरी नगद ५० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । सान्तत्वना भएको माडी गाउँपालिकाले पुरुष पूmटबलमा एक रजत र पुरुष भलिबलमा एक कास्य पदक प्राप्त गरी नगद ३० हजार सहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त प्राप्त गरेको छ । विविध प्रतियोगितामा सुनछहरी गाउँपालिकाले महिला भलिबलतर्फ एक रजत र त्रिवेणी गाउँपालिका महिला भलिबलतर्फ एक कास्य पदक हात पारेको छ । 
दोश्रो मेयर कपमा उत्कृष्ट खेलाडीतर्फ क्रिकेटमा परिवर्तन गाउँपालिकाका  किरण वली, पुरुष फुटबलमा रोल्पा नगरपालिकाका उचित रोका, महिला भलिबलतर्फ रोल्पा नगरपालिकाकी रमिता पुन, पुरुष भलिबलतर्फ रोल्पा नगरपालिकाका दीपेन्द्र घर्तीलाई उत्कृष्टि खेलाडीको प्रमाण पत्र प्रदान गरिएको छ । 

आयोजित खेलहरुमा पुरुष भलिबल प्रतियोगितामा प्रथम सुनिल स्मृति गाउँपालिका, द्धितीय रोल्पा नगरपालिका, तृतीय माडी गाउँपालिका, सान्त्वना त्रिवेणी गाउँपालिका, महिला भलिबल प्रतियोगितामा प्रथम रोल्पा नगरपालिका रोल्पा, द्वितीय सुनछहरी गाउँपालिका रोल्पा, तृतीय त्रिवेणी गाउँपालिका र सान्त्वना सुनिलस्मृति गाउँपालिका, पुरुष फुटबल प्रतियोगितामा प्रथम रोल्पा नगरपालिका, द्वितीय माडी गाउँपालिका, तृतीय सुनिलस्मृति गाउँपालिका र सान्त्वना लुङ्ग्री गाउँपालिका, पुरुष क्रिकेट प्रतियोगितामा परिवर्तन गाउँपालिका प्रथम, रोल्पा नगरपालिका द्वितीय, सुनिल स्मृति गाउँपालिका तृतीय र सान्त्वना माडी गाउँपालिका भएका छन् । 
यही जेष्ठ १० देखि १५ गतेसम्म आयोजित मेयर कपमा महिला, पुरुष भलिबल, महिला पुरुष फूटबल र क्रिकेट प्रतियोगिता आयोजना गरिएका थिए भने प्रतियोगितामा रोल्पाका स्थानीय तहहरुको सहभागिता रहेको थियो । कार्यक्रमको १५ गते समापन गरिएको छ । 
जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाको प्रमुख आतिथ्यता, दोस्रो मेयर कप २०७६ मूल आयोजक समारोह समितिका संयोजक एवं रोल्पा नगरपालिकाकी उपप्रमुख मनकुमारी घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर प्रेस संयोजक देवी गुरुङले गर्नुभएको थियो ।

 
 
 
 
 
 

प्रतिकृया दिनुहोस