सहिद स्मृति मार्शल आर्टसमा प्रदेश नं ५ प्रथम
रोल्पा । रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ परिवर्तन गाउँपालिकामा सम्पन्न भएको छ । प्रतियोगितामा सात प्रदेशका सात समूह र आयोजकको एक समूह गरी ८ समूह सहभागी भएका थिए ।
परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा सम्पन्न भएको प्रतियोगितामा ८ स्वर्णसहित ५ न. प्रदेश प्रथम, ६ स्वर्णसहित प्रदेश न. ३ व्दितिय र २ स्वर्णसहित कर्णाली प्रदेश तृतीय भएका छन् । प्रतियोगितमा पुरुषतर्फ प्रदेश न. ३ का बिशाल खड्का र महिलातर्फ प्रदेश न. ५ कि कविता घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् भने उत्कृष्ट रेफ्री बिक्रम बाठामगर घोषित भएका छन् ।
प्रत्येक समूहमा १६ खेलाडी समावेश गरिएको थियो खेलमा महिला तथा पुरुषतर्फ ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० केजी तौल समुहका खेलाडीहरुको सहभागिता रहेको थियो ।
१६ स्वर्ण, १६ रजत र ३२ काश्य गरी जम्मा ६४ वटा पदकका लागि भएको प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उदयमान खेलाडी, प्रशिक्षक र निर्णायकलाई दश दश हजार नगदसहित सम्मान गरिएको थियो भने टिम प्रथम, द्धितीय र तृतीयलाई ट्रफी, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।








प्रतिकृया दिनुहोस