शिक्षा दिवसका अवसरमा रोल्पा नगरपालिकाद्वारा  उत्कृष्ट शिक्षक, विद्यार्थी तथा विद्यालयलाई   सम्मान 

गुणस्तरीय शिक्षाका लागि सार्वजनिक शिक्षा सवल र व्यवसायिक हुनुपर्नेमा जोड

लिबाङ । रोल्पा नगरपालिकाले विभिन्न रचनात्मक कार्यक्रमहरु गरी आइतबार ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४० औं राष्ट्रिय शिक्षा दिवस मनाएको छ ।  हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने नाराका साथ सेभ द चिल्ड्रेन, मानव अधिार सचेतन केन्द्र, हुरेक नेपाल, रोल्पाको सहयोग र रोल्पा नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा नगरस्तरीय बक्तत्वकला प्रतियोगिता, उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । 
रोल्पा नगरपालिकाको समग्र वर्तमान शैक्षिक अवस्था, शैक्षिक सुधारका भावी कार्ययोजनाका बारेमा नगर शिक्षा अधिकारी महेन्द्र पराजुलीले कार्यपत्र प्रस्तुत गर्नभएको थियो । कार्यपत्रमाथि पत्रकार खेम बुढाले टिप्पणी गर्नुभएको थियो । 
नगरपालिकाको शैक्षिक अवस्था सुधार्न तथा विद्यालयहरुको नतिजा उत्कृष्ट बनाउन नगर क्षेत्र भित्रका विद्यालयहरुका प्रधानाध्यापकहरुसंग कार्य सम्पादन सम्झौता गरिएको छ । औपचारिक कार्यक्रमका वीच बालकल्याण नमूना मावि, लिबाङका प्रधानाध्यापक मधुसुदन प्रोख्रेलले कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । 


यस वर्ष रोल्पा नगरपालिका भित्र उत्कृष्ट हुने विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको छ  । २०७५ सालको एसइई परीक्षामा नगर उत्कृष्ट बाल कल्याण नमूना मावि, लिबाङका छात्र लोकेश डाँगी, कक्षा ८ मा उत्कृष्ट बालकल्याण नमूना माविकै पुष्पराज डाँगी, कक्षा ५ मा उत्कृष्ट नेपाल राष्ट्रिय मावि खुमेलका लोकेन्द्र रोकालाई प्रमाण पत्रसहित पुरस्कृत गरिएको छ । 
त्यस्तै, उत्कृष्ट प्रधानाध्यापकतर्फ नेपाल राष्ट्रिय मावि खुमेलका प्रधानाध्यापक पूर्ण बहादुर थापा, विद्यालय व्यवस्थापन अध्यक्षतर्फ नेपाल मावि कोटगाउँका तुलबहादुर घर्ती, उत्कृष्ट विद्यालयतर्फ बाल कल्याण नमूना मावि, लिबाङ सम्मानित भएका छन् । 
कार्यक्रममा विभिन्न तह अन्तर्गत विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षकहरुलाई पनि पुरस्कृत गरिएको छ । माध्यमिक तर्फ अंग्रेजी विषयमा बालकल्याण नमूना माविका बुद्धिराम घर्ती, गणितमा लीलामणि आचार्य, नेपालीमा हरि घिमिरे विज्ञानमा लेखमणि खड्का, सामाजिक विषयमा तुलसी प्रसाद श्रेष्ठ बाल कल्याण नमूना मावि पुरस्कृत तथा सम्मानित भएका छन् । 


आधारभूत तह कक्षा ८ मा अ्रग्रेजी विषयमा ब्राइट फ्यूचर आवासीय मावि, लिबाङका नौलसिंह पुन, विज्ञान विषयमा मनिषा डाँगी गुरुदय आधारभूत विद्यालयकी मनिषा डाँगी, नेपाली विषयमा आधारभूत विद्यालय सल्लीबोटका उदय महरा, गणित विषयमा तुल्सी आवासीय मावि, लिबाङका दीपक थापा र सामाजिक विषयमा बाल कल्याण नमूना मावि, प्रकाशचन्द्र आचार्य उत्कृष्ट शिक्षकको रुपमा सम्मानित भएका छन् । 
आधारभूत तह कक्षा ५ मा विज्ञान विषयमा हिमालय आविका ज्ञानुप्रसाद बुढा, नेपाली विषयमा बाल प्रकाश आधारभूत विद्यालयका खगेन्द्र महरा, गणित विषयतर्फ राष्ट्रिय मावि, खुमेलकी चमेली कवंरलाई उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत एवम् सम्मानित गरिएको छ । सत प्रतिशत विद्यार्थी भर्ना गर्ने नगरपालिकाको लक्ष्य अनुसार सत प्रतिशत विद्यार्थी भर्ना गर्न सफल वडा नंं ४ लाई समेत सम्मान गरिएको छ । 
शिक्षा दिवसकै अवसरमा नगरस्तरीय बक्तृत्वकला प्रतियागिता सम्पन्न भएको छ । हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण विषयमा भएको प्रतियोगितामा  विभिन्न विद्यालयका सात जना छात्रछात्राहरुले भाग लिएका थिए । प्रतियोगितामा बालकल्याण नमूना मावि, लिबाङकी  सीता डाँगी प्रथम, तारा मावि, बामरुककी करुणा केसी दोश्रो, नेपाल मावि कोटगाउँकी रुपकला विक तेश्रो र होलिभिजन आवासीय मावि, लिबाङका अर्चितबाबु सुबेदी सान्त्वना भएका छन् । प्रतियोगिताको निर्णायकहरुमा पत्रकाहरु खेम बुढा, नवीन लोचन मगर र देवी गुरुङ रहनुभएको थियो । 


जिसस, रोल्पाका प्रमुख राजबहादुर बुढाको प्रमुख आतिथ्यता, नगर उप्रमुख मनकुमारी घर्ती, र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेकपा, रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घती, नेपाली कांग्रेसका कार्यवाहक सभापति किशोर आचार्य लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रमका बक्ताहरुले गुणस्तरीय शिक्षाका लागि पहिले सार्वजनिक शिक्षा सवल, व्यवहारिक र व्यवसायिक हुनुपर्नेमा जोड दिएका छन् । विद्यालयमा इमान्दारपूर्वक विद्यार्थी केन्द्रित शिक्षण सिकाई हुन सके रोल्पा नगरपालिकालाई शैक्षिक हब बनाउने उद्देश्य पुरा हुने बताएका छन् ।  
 विभिन्न सरकारी कार्यालय, गैसस, विभिन्न विद्यालयका प्रअ, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । नगर प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष पूर्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सन्चालन ःनगर शिक्षा समितिका सदस्य सचिव राजेश धितालले गर्नुभएको थियो । 
हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने नाराका साथ सेभ द चिल्ड्रेन, मानव अधिार सचेतन केन्द्र, हुरेक नेपाल, रोल्पाको सहयोग र रोल्पा नगरपालिकाको आयोजनामा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४० औं राष्ट्रिय शिक्षा दिवस  मनाइएको हो । 

 


 

प्रतिकृया दिनुहोस