लोक दोहोरी प्रतिस्ठानमा रोल्पाका हमाल र डाँगी निर्वाचित

काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय पदाधिकारीमा रोल्पाका दुई जना निर्वाचित भएका छन् । यही मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौं महाधिवेशनबाट चर्चित कलाकारहरु राधिका हमाल महिला उपाध्यक्ष र हरि डाँगी खुल्ला तर्फको सचिव पदमा निर्वाचित भएका हुन् । 
हमाल महिला उपाध्यक्षमा निर्विरोध र डाँगी ६ सय २६ मत प्राप्त गरी खुल्ला तर्फको सचिवमा विजयी भए । लामो समयदेखि लोक सांंगीतिक क्षेत्रमा समर्पित हमाल यस अघि प्रतिष्ठानको महिला सचिव र डाँगी केन्द्रीय सदस्य थिए । प्रतिष्ठानको अध्यक्षमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै रमेश बिजी निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५ सय ४५ मत ल्याए । कोषाध्यक्षमा राजु ढकालले ७ सय ३७ मत ल्याएर विजयी भएका छन् भने तारापती सुवेदीले ३ सय ७२ मत पाएका थिए ।
वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शंकर विसी र शिव हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन भएका छन् ।
सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, खुला सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी भएका छन् ।
केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछाने मगर, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सीता राना निर्वा्चित भएको महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र गुरुङले जानकारी दिएका छन्।
खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वा्चित भए। केन्द्रीय सदस्यमा गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपश्चिमतर्फ नवीन धामी विजयी भए ।
केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पङ्गेनी विजयी भएका छन्। महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।


 

प्रतिकृया दिनुहोस