श्रष्टा चौतारीको ६८औं श्रृङ्खला सम्पन्न

रोल्पा । श्रष्टा चौतारीको ६८ औं श्रृङ्खला आइतबार लिबाङमा सम्पन्न भएको छ । हरेक महिनाको १५ गते सन्चालन हुँदै आएको श्रष्टा चौतरीको यस श्रृङ्खलाको संयोजन राप्ती साहित्य परिषद्, जिल्ला शाखा, रोल्पाले गरेको हो । 
कार्यक्रममा विभिन्न एक दर्जन बढी श्रष्टाहरुले आआफ्नो रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति, रोल्पाका प्रमुख राजबहादुर बुढा, जलजला बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्णप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ, रोल्पाका अध्यक्ष महेश न्यौपाने, संस्थापक सभापति काशीराम डाँगी, साहित्यकार डिवी टुहुरो लगायतको उपस्थिति रहेको थियो ।  
जिल्ला समन्वय समितिको पुरानो हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता परिषद्की अध्यक्ष कविता उपाध्यायले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन सदस्य तिलक संघर्ष मगरले गर्नुभएको थियो । 
श्रष्टा चौतारीको ६९ औं श्रृङ्खला आगामी पौष १५ गते नापी कार्यालय, रोल्पाका प्रमुख शिवराज पोख्रेलको व्यक्तिगत संयोजनमा नापी कार्यालयको सभाहलमा हुने भएको छ । 
 

प्रतिकृया दिनुहोस