लोकतन्त्र र संविधान संरक्षणका लागि एमाले रोल्पाले जागरण सभा गर्दै 

रोल्पा, कार्तिक २८ ।
लोकतन्त्रको जगेर्ना र संविधानको संरक्षण गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोल्पाले जिल्ला सदरमुकाम लिवाङमा कार्तिक २९ गते जनप्रदर्शन तथा जागरण सभा आयोजना गरेको छ।

एमाले रोल्पाका अनुसार राजनीतिक गतिशीलता, संघीय लोकतान्त्रिक व्यवस्थाको स्थायित्व तथा जनअधिकारको सुरक्षा सुनिश्चित गर्न स्थानीय तहदेखि जिल्लास्तरका कार्यकर्तालाई सचेत र सक्रिय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

पार्टीले जिल्लाका १० वटै स्थानीय तहबाट नेता, कार्यकर्ता तथा समर्थकहरूको व्यापक सहभागिता अपेक्षा गरेको छ। ‘‘लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र राष्ट्रिय स्वाभिमानको पक्षमा एमाले सधैं प्रतिबद्ध छ,’’ पार्टीद्वारा जारी सूचनामा उल्लेख छ।

कार्यक्रममा केन्द्र, प्रदेश र जिल्ला स्तरीय पार्टी नेतृत्वले सम्बोधन गर्ने र वर्तमान राजनीतिक परिस्थिति, सरकार सञ्चालनका चुनौती तथा जनचासोका विषयमा धारणा सार्वजनिक गर्ने बताइएको छ। कार्तिक २९ गते देशभर जनप्रदर्शन तथा जागरण हुने एमाले रोल्पाका अध्यक्ष अमृत बहादुर बुढाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस