गायिका भीम कुमारी बाठा मगरको दोस्रो सांगीतिक प्रस्तुति सार्वजनिक

Khum Magar

रोल्पाको त्रिवेणी गाउँपालिका–१, यारीमा बुवा प्रेमलाल बाठा मगर र आमा खर्गमाया बाठा मगरको कोखबाट जन्मेकी जेठी सुपुत्री भीम कुमारी बाठा मगर अहिले दाङमा बसेर आफ्नो सांगीतिक यात्रालाई अघि बढाइरहेकी छन्। सानैदेखि गीत–संगीतमा रुचि राख्दै गुनगुनाउने उनीले शुक्रबार मात्रै मार्मिक शब्दयुक्त लोक–गीत ‘मरे खबर सुन्न पाउने छौँ’ बजारमा ल्याएकी छन्।
उक्त गीतमा बिछोडिएको जोडीको पीडा र जीवनकथालाई समेट्ने प्रयास गरिएको छ। यो गीत भीम कुमारी बाठा मगरको दोस्रो सांगीतिक प्रस्तुति हो। यसअघि उनले पञ्चेबाजा शैलीको ‘बबई तरेर सिउँदो भरेर’ बोलको गीत सार्वजनिक गरेकी थिइन्, जहाँ भीम कुमारीसँगै वीरेन्द्र घर्ती मगर र सन्दीप सेञ्चुरीको आवाज सुन्न सकिन्छ। उक्त गीतको भिडियो सुनछहरी खबर युट्युब च्यानलबाट हेर्न सकिन्छ। शुक्रबार सार्वजनिक गरिएको ‘मरे खबर सुन्न पाउने छौँ’ बोलको नयाँ गीत मेक्सम नरेश अफिसियल युट्युब च्यानलमार्फत दर्शकसमक्ष आएको हो। गीतमा नरेश खातीको शब्द सिर्जना र सुरेश सिवाकोटीको संगीत संयोजन रहेको छ। भीम कुमारी र नरेश खातीकै दमदार आवाजमा रेकर्ड गरिएको गीतमा नरेश खाती र रीमा विश्वकर्माको आकर्षक अभिनय देख्न सकिन्छ।

गीतको निर्देशन जेरी भण्डारीले गरेका छन् भने सह–निर्देशन अमर रावलको रहेको छ। भिडियो निर्माणमा रुद्र शर्माको विशेष सहयोग रहेको उल्लेख गरिएको छ।
संगीत यात्राको सुरुवात गर्दै आएकी नव–प्रतिभा गायिका भीम कुमारी बाठा मगरले यो गीतमार्फत दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको बताएका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस