दाङमा निर्माणाधीन खेलकुद रंगशालाको पूर्बमन्त्री शिर्पाईलीद्वारा अनुगमन

तुलसीपुर /  पूर्व युवा तथा खेलकुद मन्त्री दलजित शिर्पाइलीले दाङमा निर्माण भईरहेको खेलकुद संरचनाको अनुगमन गर्नुभएको छ ।  ।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि निर्माण भईरहेका बिभिन्न खेलकुद मैदानहरुको उनले मंगलबार अनुगमन गरेका हुन् । उनले दाङ लमहीको क्रेकेट रंगशाला, घोराहीको बास्केटबल कोर्ड, बेलझुण्डीको फुटबल रंगशाला र तुलसीपुरको मल्टिप्रपोज कबर्डहलको अनुगमन गर्नुभएको हो । 

घोराहीमा भएको प्रदेशस्तरीय उस्सु खेल छनौटको समापन गर्न दाङ आउनुभएका पूर्बमन्त्री शिर्पाईलीले दाङमा निर्माण भईरहेका खेलकुद मैदानको अनगुमन गर्नुभएको छ। अनुगमनका क्रममा प्रदेश नं. ५ को दाङमा हुने खेलका लागि भईरहेका संरचना निर्माणको काम सन्तोषजनक रहेको बताउनुभयो । ‘ राष्ट्रिय खेलकुद निर्माणको काम सन्तोषजनक तरिकाले अगाडि बढिरहेको उहाँको धारणा थियो । 

तुल्सीपुर अनलाइनबाट 

 

प्रतिकृया दिनुहोस