तीन दिने मेन्टर शिक्षक सम्वन्धी तालिमको समापन
सुलिचौर, रोल्पा । सुनिलस्मृति गाउँपालिका शिक्षा शाखा प्रमुख तथा श्रोत व्यक्ति केशवराज पोखरेलले हुरेक नेपाल रोल्पाबाट सञ्चालित हामी सिक्न सक्छौँ परियोजनाका हरेक गतिविधी पारदर्शि जवाफदेहि र उदाहरणीय भएको बताउनु भएको छ ।
। सेभ द चिल्ड्रेन, हुरेक नेपाल रोल्पाले सञ्चालन गरेको तीन दिने मेन्टर शिक्षक सम्वन्धी तालिलमको सुलिचौरमा भएको समापन कार्यक्रमा श्रोतव्यक्तिहरुको तर्फबाट बोल्दै उहाँले तालिममा सिकेका सबै कुरा मेन्टर शिक्षक तथा प्रधानाध्यापकहरुलाई महसुस र उर्जासिल हुनेगरी गाउँपालिकामा तालिम प्रदान गर्ने बताउनुभयो । श्रोतव्यक्ति पोखरेलले सेभ द चिल्ड्रेन, हुरेक नेपाल रोल्पाले शैक्षिक गुणस्तर सुधारका लागि सुनिलस्मृति गाउँपालिका लगाएत विभिन्न गाउँपालिका र नगरपालिकामा करिव ३ वर्ष यता शिक्षा क्षेत्रमा गरेको काम स्रहाणीय रहेको उहाँको धारण रहेको थियो । उहाँले हुरेक नेपाल, रोल्पाबाट सञ्चालित हामी सिक्न सक्छौँ शिक्षा परियोजना यहि मंसिर महिनामा समाप्त हुन लागे पनि यस परियोजनाको निरन्तरता र दिपोपनाको लागी आफ्नो गाउँपालिकामा गाउँ शिक्षा समिति, वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रधानाध्यापक तथा शिक्षकसँग समन्वय गरेर प्रभावकारी कार्यन्वयनमा पहल गर्नेे बताउँदै यो शिक्षा कार्यक्रम राम्रो भएकोले अन्य नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरुले पनि निरन्तरता दिन आवस्यक भएको बताउनु भयो ।
आज सम्पन्न मेन्टर शिक्षक सम्वन्धी तालिममा मेन्टर शिक्षकको परिचय, काम कर्तव्य र अधिकार तथा अवधारणा, मेन्टर शिक्षकको उद्धेस्य, बालमैत्री सक्रिय शिक्षण सिकाईमा मेन्टर शिक्षकको भुमिका, मेन्टर शिक्षकको फाइदा र दिगोपनाका लागी गर्नुपर्ने काम, सहभागीता मुलक उपस्थिति प्रणाली,प्रधानाध्यापक तथा शिक्षक कार्य सम्पादन सम्झौता, गुनासो सुनुवाई कार्य विधी २०७४ प्रारम्भिक कक्षा लागाएतको विषयमा जानकारी गराइएको थियो । उक्त तालिममा परियोजना लागु भएको गाउँपालिका र नगरपालिकाका श्रोतव्यति र हामी सिक्न सक्छौँ शिक्षा परियोजनाका सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तालिमको सहजिकरण सेभ द चिल्ड्रन रोल्पाका दिलकमल क्षेत्री, परियोजना कार्यक्रम संयोजक कर्ण दरै, कार्यक्रम अधिकृत ललित गिरीले गर्नुभएको थियो । तालिम समापन सत्रमा श्रोतव्यतिको तर्फबाट केशवराज पोखरेल र परियोजना कर्मचारीहरुको तर्फबाट सामाजिक परिचालक सामना आचार्यले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन परियोजना कार्यक्रम सयोजक कर्ण दरैले गर्नुभएको थियो ।








प्रतिकृया दिनुहोस