स्ट्रोम फाउण्डेशन र हुरेक नेपालद्वारा सिर्पमा सीड्स कार्यक्रमको अनुगमन
सिर्प, रोल्पा । मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल र स्ट्रोम फाउण्डेशनद्वारा दिगो तथा मर्यादित समाजिक आर्थिक सशक्तिकरण कार्यक्रम (सीड्स) कार्यक्रमको कार्यक्षेत्रमा अनुगमन गरिएको छ । लुंग्री गाउँपालिका—२, सिर्पमा रहेको सुनौलो संवाद केन्द्रमा किशोरी संवाद, अभिभावक संवाद, र बाल बगैचाको अनुगमन गरिएको हो ।
सिड्स कार्यक्रमले हालसम्म गरेका गतिविधि, हासिल गरेका उपलब्धी तथा चृुनौतिहरु, किशोरी संवादले किशोरीहरुमा ल्याएको परिवर्तन, कार्यक्रमले गरेका प्रक्रियाहरु, अभिभावक संवाद र बालवगैचाको अवस्था, कर्मचारीहरुको काम र कर्तव्यहरु लगायतका विषयमा अनुगमन गरिएको थियो ।
अनुगमन पश्चात कार्यक्रमलाई कसरी सफल र प्रभावकारी ढंगले कार्यन्वयन गर्ने विषयमा स्टो«म फाउण्डेशन र हुरेक नेपाल कार्यसमितिबाट सल्लाह तथा सुझाव पनि प्रदान गरिएको थियो ।
अनुगमन कार्यक्रममा स्ट्रोम फाउन्डेशनका क्षेत्रीय कार्यालय, श्रीलंकाका क्षेत्रीय रणनितिक प्रवन्धक रविशंकर, स्ट्रोम फाउण्डेशन नेपालका कार्यक्रम संयोजक जीवन वस्नेत, हुरेक नेपालका सल्लाहकार भोलानाथ आचार्य, कार्य समितिकी सचिव हस्तमालि बाँठामगर, सदस्य प्रतिभा श्रेष्ठ, कार्यकारी निर्देशक राजु आचार्य, सीड्स कार्यक्रम संयोजक सुन्दर पोख्रेल र अन्य कमचारी लगायतको सहभागिता रहेको थियो ।








प्रतिकृया दिनुहोस