२८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दुई विद्यालयलाई सामग्री हस्तान्तरण

लिबाङ, रोल्पा । रोल्पा नगरपालिकाका दुई विद्यालयलाई शैक्षिक तथा बसाई व्यवस्थापन सम्बन्धी सामम्री हस्तान्तरण गरिएको छ । २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग हुरेक नेपाल, रोल्पाको समन्यवय तथा रोल्पा नगरपालिकाको आयोजनामा मंगलबार बालकल्याण नमुना मावि, लिबाङ, रोल्पामा अध्ययनरत दृष्टिविहिन र सुस्तश्रवणका विद्यार्थीहरु एवम् तारा मावि बामरुकमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई उक्त सामाग्रीहरु प्रदान गरिएको हो । 
‘दिगो विकासको लक्ष्य अपांगतामैत्री भविष्य’ भन्ने मुल नाराका साथ मनाइएको अपाङ्गता दिवसको अवसरमा 
तारा मावि, बामरुक, रोल्पामा ४२ हजार ९ सय बराबरको शैक्षिक सामाग्री तथा बसाई ब्यवस्थापन सामाग्री हस्तान्तरण गरिएको छ भने बालकल्याण नमूना माविमा अध्ययनरत फरक क्षमताका बिद्यार्थीहरुको ५४ हजार २ सय ८५ रुपैयाँको सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समिति, रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियार र नगर प्रमुख पूर्ण केसी, हुरेक नेपाल, रोल्पाका घनश्याम आचार्य, सेभद चिल्ड्रेनका दिलकमल क्षेत्री लगायतले उक्त सामाग्रही दुबै बिद्यालयका बिद्यँलय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई हस्तान्तरण गर्नुभयो  । 
तारा मावि, बामरुक, रोल्पामा नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा गरिएको कार्यक्रममा बिद्यँलयका ब्यवस्थापन समितिका अध्यक्ष लालबहादुर कँवरको आतिथ्यता, प्रधानाध्यापक ओविलाल महराले स्वागत मन्तव्य राख्नुभएको थियो । 
बालकल्याण नमूना माविमा भएको कार्यक्रममा नेत्रहीन संघ, रोल्पाका अध्यक्ष चित्रबहादुर डाँगी, प्रधानाध्यापक मधुसुदन पोखरेल, सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्री, हुरेक नेपाल, रोल्पाका अध्यक्ष घनश्याम आचार्य, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका कावा प्रमुख कर्मलाल परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । 
नगर प्रमुख पुर्ण केसीको अध्यक्षतामा भएका दुबै कार्यक्रमको सन्चालन प्रेस संयोजक देवी गुरुङले गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख मनकुमारी घर्ती, नगरपालिका महिला शाखाका प्रमुख प्रमिला घर्ती, हुरेक रोल्पाका सामना आचार्य, बिशाल आचार्य, पत्रकारहरु माधव कुमार ओली र रेशम बिक लगायतको उपस्थिति रहेको थियो नगर प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभएको छ ।  

प्रतिकृया दिनुहोस