परियोजना सल्लाहकार समितिद्वारा रोल्पा नगरपालिकाका दुई विद्यालयको अनुगमन 

रोल्पा । हुरेक नेपाल, रोल्पा र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चाललित ‘हामी सिक्न सक्छौंं परियोजना’ सल्लाहकार समितिले सोमबार रोल्पा नगरपालिकाका दुई विद्यालयको अनुगमन गरेको छ । नगरपालिको वडा न ७ घ्यूपोखरामा रहेको  बालहित आधारभुत विद्यालामा निर्माण भएको चार कोठे विद्यालय भवन, शिक्षण सिकाई क्रियाकलाप तथा वडा न ६, कोटगाउँमा रहेको नेपाल माध्यमिक विद्यालयललाई प्रदान गरिएका बिभिन्न शैक्षिक सामाग्रीको अनुगमन गरिएको छ  । उक्त आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण समेत गरिएको हो ।
अनुगमन टोलीले विद्यालयहरुको अनुगमन गरी गर्नुपर्ने शैक्षिक लगायत अन्य सुधारका विषयमा समीक्षात्मक सुझाब दिएको छ । सोही क्रममा बालहित आधारभूत विद्यालय घिउपोखराका प्रधानध्यापक अमरबहादुर बुढाले सेभ चिल्ड्रे«नको सहयोगमा  हुरेक नेपाल,  रोल्पाले भवन निर्माण गरेकोमा आभार व्यक्त गर्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो ।  
सोही विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर विकले विद्यालयमा भौतिक संरचना बनेकाले आगामी दिनमा अझै शैक्षिक सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यालयका विद्यार्थी तथा अभिभावकहरुले अनुगमन टोलीलाई अबिर फुलमालाले स्वागत गरेका थिए । यस्तै नेपाल मावि, कोटगाउँमा  परियोजनाले गरेको सहयोग र विद्यालयले गरेको शैक्षिक सुधारको अनुगमन टोलीले प्रसंसा गरेको थियो । 
अनुगमन टोलीमा जिल्ला समन्वय समिति, रोल्पाका प्रमुखराज बहादुर बुढा, रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसी, शिक्षा विकास समन्वय इकाई, रोल्पाका प्रमुख दुर्गा खड्का, रोल्पा नगरपालिका, शिक्षा शाखा प्रमुख कर्णबहादुर पुन, रोल्पा नगरपालिका इन्जिनियर मुकेश कवँर, हुरेक नेपाल, रोल्पाका अध्यक्ष घनश्याम आचार्य, कोषाध्यक्ष सुभद्रा रेग्मी, कार्यकारी निर्देशक राजु आचार्य,  सेभ द चिल्ड्रेन, रोल्पाका दिलकमल क्षेत्री, हामी सिक्न सक्छांै परियोजना कार्यक्रम संयोजक कर्ण दराई, नागरिक दैनिकका समाचारदाता दिनश सुबेदी, नेपाल टेलिभिजनका संवाददाता माधवकुमार वली लगायतको सहभागिता रहेको थियो ।
विगतदेखि नै हुरेक नेपाल, रोल्पाले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा विद्यालय ब्यव्स्थापन, शैक्षिकस्तर सुधारका लागि बिभिन्न कार्य गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस