झेनाममा विद्यार्थीहरुका लागि वडास्तरीय अतिरिक्त क्रियाकलाप सन्चालन

रोल्पा । रुन्टीगढी–७, झेनाम, रोल्पाको ७ र ८ वडाका विद्यार्थीहरुका लागि वडास्तरीय अतिरिक्त क्रियाकलाप सन्चालन गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग  तथा मानव अधिकार सचेतन केन्द्र, हुरेक रोल्पाद्वारा  सन्चालित ‘हामी सिक्न सक्छांै परियोजना’ अन्तर्गत वडास्तरीय अतिरिक्त क्रियाक्लाप सम्पन्न भएको हो । 
वडा नम्बर ७ का वडाअध्यक्ष जगबहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रोतव्यक्ति कुलराज आचार्यको पनि सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा २ र  ३ का लागि श्रुति लेखन प्रतियोगिता, कक्षा ४ र ५ का लागि हाजिरीजवाफ प्रतियोगिता, ९० मिनेट नेपाली विषय शिक्षकको बालगीत प्रतियोगिता र अभिभावकको लागि कथा वाचन प्रतियोगिता लगायत शैक्षिक सामग्री  वितरण कार्यक्रम सम्पन्न भएका छन् । 
प्रतियोगितामा वडा न ७ र ८ का ९ वटा विद्यालयले भाग लिएका छन् भने ११ वटा विद्यालयलाई स्वास्थ्य उपचारका औषधि बितरण गरिएको छ । हुरेक नेपालकी समाजिक परिचालिका देवा दसौदीले सहजिकरण गर्नुभएको कार्यक्रमको सन्चालन बाल कल्याण प्राविका शिक्षक भरतमणि खड्काले गर्नुभएको सामाजिक परिचालिका डोल्मा नेपालीले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस