सुलिचौरमा नेपाली विषयका शिक्षकहरुलाई पुनर्ताजगी तालिम
रोल्पा । मानव अधिकार सचेतन, केन्द्र हुरेक नेपाल, रोल्पाले नेपाली विषयका शिक्षकहरुलाई ६ दिने पुर्नताजकी तालिम शुक्रबारदेखिे सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पामा सञ्चालन गर्न भएको छ ।
सुनिलस्मृति गाउँपालिका शिक्षा समिति सदस्य एवम् वडा नं. ५ का वडा अध्यक्ष नमराज थापाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्रीको अध्यक्षतामा भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले भन्नुभयो– ‘हुरेक नेपाल, रोल्पाको शिक्षासंग सम्बन्धित तालिम मैले पनि लिएको छु, तालिमबाट धेरै कुराहरु सिकेको छु, सिकेका कुराहरु हजुरहरुसँग राख्दै पनि आइरहेको छु । यो तालिमबाट पनि हजुरहरुले धेरै सिक्नुहुनेछ र विद्यालयमा पुगेर विद्यार्थीहरुलाई सिकाउनमा धेरै नै महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । तालिमलाई केवल तालिमको रुपमा मात्र सिमित नराखी तालिमको महत्वलाई बुझ्दै आफ्नो विद्यालयलाई उत्कृष्ट बनाउनमा यहाँहरुको भुमिका अहम रहनेछ भन्ने कुरालाई समेत मैले विश्वास लिएको छु ।’ कार्यक्रमका अध्यक्ष तथा वडा नं. ४ का वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्रीले शिक्षा क्षेत्रको परिवर्तनका लागि सबैकोे भुमिका अतुलनीय रहेको र तालिम अझै प्रभावकारी हुने छ भन्ने आफूले विश्वास लिएको बताउनुभयो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र मानव अधिकार सचेतन केन्द्रद्धारा सञ्चालित ‘हामी सिक्न सक्छौ’ परियोजनाको प्रारम्भिक कक्षा पठन सीप विकासका लागि शिक्षक पुनर्ताजकी तालिमको सहजीकरण सुनिलस्मृति गाउँपाका शिक्षा शाखा प्रमुख केशवराज पोख्रेलले गरिरहनु भएको छ । तालिम बारे हुरेक नेपाल, रोल्पाका विशाल आचार्यले प्रकाश पार्नुभएकोे कार्यक्रमको सञ्चालन अस्मिता थापा गर्नुभएको थियो ।








प्रतिकृया दिनुहोस