राप्ती गाउँपालिका ३ सिरिचौर मसुरिया, दाङमा मा पढाई उत्सव सम्पन्न

पढाई उत्सवले विद्यार्थीमा सिकाई उपलब्धि हुने राप्ती गाउँपालिका उपाध्यक्ष चौधरीको भनाई 

भालुवाङ ५ भदौ । राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले पढाई उत्सवको माध्यमबाट विद्यार्थी मा सिकाई उपलब्धि हुने बताउनुभएको छ ् । नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत नवज्योती आधारभुत विद्यालयको आयोजनामा बिहीबार राप्ती गाउँपालिका ३ सिरिचौर मसुरियामा रहेको विद्यालयमा भएको पढाई उत्सव कार्यक्रमलाई उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । प्रमुख अतिथि समेत रहनुभएकी चौधरीले विद्यार्थीको पढाई प्रति अभिभावकले पनि चासो राख्नु पर्ने धारणा राख्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर घर्तीको अध्यक्षतामा भएको पढाई उत्सव उद्घाटन कार्यक्रममा विद्यालयका सल्लाहकारहरू धर्मराज अधिकारी,तुला गिरी,राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्दर चौधरी,शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत बासुदेव खनाल, वडा सदस्य  सुरजमती चौधरी ,पत्रकार ओमप्रकाश गुप्ता,इजिआरपीका सदस्य शान्ति परियार लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रअ रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षक राजेन्द्र चौधरीले गरेका थिए । पढाई उत्सवमा कक्षा १ को चित्रकला प्रतियोगिता ,कक्षा २ र ३ को प्रतियोगिता भएको थियोे । त्यसै गरि पढाई उत्सवमा विद्यार्थी,अभिभावक ,शिक्षकले बनाएका शैक्षिक सामाग्री प्रदर्शनमा राखिएको थियोे । भने विभिन्न साँस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।

प्रतिकृया दिनुहोस