रेडपाण्डाको छालासहित रोल्पाका ४ जना पक्राउ
चैत २८, बाँके। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित रोल्पाका ४ जना बाँकेबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय धन बहादुर रोका मगर, १९ वर्षीय दिपेश रोका मगर, १९ वर्षकै विष्णु रोका मगर र ३० वर्षीय खिमान सिंह रोका मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई २६ विहीबार राती ९ बजे बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कस्थित लालीगुराँस होटलबाट पक्राउ गरिएकाे हाे । उनीहरूलाई रेडपाण्डाको २ थान छाला कारोवार गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम १ लाख देखि २५ लाखसम्म जरिवाना र १ वर्ष देखि १० वर्ष सम्म कैद सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।








प्रतिकृया दिनुहोस