काबुलमा भएको आत्मघाती हमलामा रोल्पाका चन्द्र पुनसहित २ नेपाली सुरक्षागार्डको मृत्यु, 

हमलामा परी १६ जनाको मृत्यू, १ सय १९ बढी घाइते 

 काठमाडौ  । गत सोमबार अफगानिस्तानको काबुलस्थित ग्रीन भिलेज क्याम्पसमा भएको आत्मघाती हमलामा एक रोल्पाली सहित २ नेपालीको मृत्यू भएको छ । स्रोतका अनुसार विस्फोतमा परी रोल्पाका चन्द्र पुन र चितवन घर भएका कृष्ण थापाको मृत्यु भएको हो । उनीहरुको अन्य पहिचानका बारेमा केही खुलाइएको छैन । 
 
सोमबार राति १० बजे भएको विस्फोतमा कम्तीमा १६ जनाको ज्यान गएको र १ सय १९ जना घाइते भएको बताइएको छ । घटनामा कोही पनि नेपाली घाइते नभएको स्रोतले जनाएको छ । 
 आत्मघाती हमलामा २ नेपालीको पनि मृत्यू अनौपचारिक जानकारी आएको इस्लामावादस्थित नेपाली दुतावास स्रोतले जनाएको छ । मृत्यू भएका नेपालीहरु ग्रीन भिलेज क्याम्पसको सुरक्षा जिम्मा पाएको ’गार्दा वल्र्ड‘ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत रहेको बताइएको छ । 
सोही ठाउँमा लामो समय काम गरेर पाँच महिना अघि फर्किएका एक नेपालीका अनुसार त्यहाँ करिब १ सय १८ जना नेपाली र नेपाली भाषी भारतीय नागरिक कार्यरत रहेको बताएका छन् । 

‘बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको जानकारी छ,’ उनले भने। उनले पाएको सूचनाअनुसार बाहिरी पोस्टमा बिस्फोट गरेर ४र५ जना तालिबानी आतंकवादी क्याम्प भित्र प्रवेश गरी अन्धाधुन्द गोलीबारी गरेका थिए। मृत्यु हुनेमा अधिकांश क्याम्प नजिकैको वस्तीका बासिन्दा छन्।’

बिस्फोटका लागि ट्रक नै प्रयोग गरिएको त्यहाँ कार्यरत नेपाली साथीहरुले आफूलाई जानकारी दिएको उनले बताए।

आत्मघाती हमलाको जिम्मा तालिवान समूहले लिएको छ। 

कान्तिपुर दैनिकबाट 

प्रतिकृया दिनुहोस